Home / समाचार / लेखापढी कानुन व्यवसायीद्धारा मास्क वितरण

लेखापढी कानुन व्यवसायीद्धारा मास्क वितरण

दाङ, ६ चैत । नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसन इकाइ समिति घोराहीले मास्क वितरण गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरसवाट बच्नका लागि सहयोग पुगोस भनेर निशुल्क रुपमा मास्क वितरण गरेको समितिले जनाएको छ । कार्यक्रम घोराही समितिका अध्यक्ष चुर्णवहादुर वलीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यता एवम मालपोत कार्यालय घोराहीका प्रमुख बिनोदकुमार पौडेलको विशिष्ट आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा अमरवहादुर वली, युवराज अधिकारीलगाएतकाले भनाइ राखेका थिए । कार्यक्रमको वारेमा द्रोणप्रसाद आचार्यले जानकारी गराएका थिए । कार्यक्रमको सहजिकरण सचिव धुव्र लम्सालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*