Home / प्रदेश समाचार / प्रदेश सभामुखको प्रेस संयोजकमा गणेश वली

प्रदेश सभामुखको प्रेस संयोजकमा गणेश वली

दाङ, २ भदौ

प्रदेश नम्बर ५ का सभामुख पूर्ण बहादुर घर्तीको प्रेस संयोजकमा गणेश वली चयन भएका छन् । लामो समय दाङमा क्रियाशिल पत्रकार गणेश वलीलाई सभामुखको प्रेस संयोजकमा नियुक्त गरिएको हो । पत्रकार महासंघ प्रदेश नम्बर ५ का कोषाध्यक्ष समेत रहेका वलीलाई शुक्रबार समामुख घर्तीले स्वागत गरेका थिए ।

पत्रकार वली दाङमा रहेर विभिन्न सञ्चारमाध्यममा कार्यरत रहेका थिए । उनले लामो समयदेखी पत्रकारीता क्षेत्रमा क्रियाशील रहेर प्रेस सेन्टर नेपालको जिल्लादेखी केन्द्रीय तहसम्म काम गरेका छन् । वलीले गोरखा पत्र राष्ट्रिय दैनिक,नयाँ पत्रिका, दाङको राप्ती समाचार, रेडियो झरणामा काम गरिसकेका छन् ।

प्रेस सल्लाहकारसंगै सभामुखको सचिबालयले सचिब पनि नियुक्त गरेको छ । जन्म घर रोल्पा भई कैलालीको टिकापुरमा बसोबास गर्दै आएका दुर्लभ कुमार पुनलाई संविधानको धारा १९५ बमोजिम सरकारले प्रदेश नम्बर ५ को प्रदेश सभा सचिवालयमा सचिव पदमा नियुक्त गरेको हो । पुन तत्कालिन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका थिए ।

प्रेस संयोजक र सचिबलाई शुक्रबार एक कार्यक्रमकाबीच स्वागत गरिएको हो । स्वागत कार्यक्रममा सभामुख पूर्ण बहादुर घर्तीले सचिवालयमा नवनियुक्त सचिव र प्रेस संयोजकले राम्रो काम गर्नेमा आफू विश्वस्त रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*