Home / Feature Breaking news / आइटिएफ तेक्वान्दो खेलाडी रोका मलेसियामा

आइटिएफ तेक्वान्दो खेलाडी रोका मलेसियामा

दाङ,१७ चैत । रोल्पाका आइटिएफ तेक्वादो खेलाडी भुपेन्द्र रोका मलेसिया गएका छन । मलेसिया इन्टरनेशनल तेक्वान्दो फेडरेशनको आयोजनामा भएको प्रथम एसियन प्यासिफिक आइटिएफ तेक्वान्दो च्याम्पिन्सीप प्रतियोगितामा नेपालका तर्फवाट १२ जना खेलाडीहरुले सहभागिता जनाएका छन ।

नेपालका १२ जना खेलाडीहरु मध्य रोल्पाका भुपेन्द्र रोका पनि प्रतियोगितामा सहभागी भएको आइटिएफ तेक्वान्दोका अन्तराष्ट्रिय रेफ्री समेत रहेका आइटिएफ तेक्वान्दो महासंघका प्रदेश नं. ५ का उपाध्यक्ष विक्रम बाठामगरले जानकारी दिए । दुई बर्षदेखि आइटिएफ तेक्वादोका क्षेत्रमा सक्रिया रोका रोल्पा परिवर्तन गाउँपालिका वडा नं. २ राङ्सी निवासी हुुन । आइतवारदेखि सुरुभएको प्रतियोगिता मंगलवारसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा सविना श्रेष्ठ, दिनेश भण्डारी, कुशन घर्ती मगर, भूपेन्द्र रोका मगर, विमल घर्ती मगर र विपिन श्रेष्ठलगायतका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् ।

टोली नेतामा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष अञ्जन धमला, निर्णायकमा रुपसिंह मोक्तान तामाङ र मेउगिता खतिवडा, अफिसियलमा अंकबहादुर घर्ती मगर तथा प्रशिक्षकमा विकल पौडेल र चन्द्रबहादुर तामाङ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*