कमिरेचौर, १६ मंसीर
बंगलाचुली गाँउपालिका वडा नम्बर २ मा कांग्रेसको चुनावी सभा भएको छ । मंसीर २१ गते हुने निर्वाचनमा कांग्रेसको पक्षमा मत पार्नकालागि कांग्रेसले बंगलचाुलस्को कमिरेचौरमा बृहत चुनावी सभा गरेको हो ।

कांग्रेस प्रचारप्रसार समिति क्षेत्र नम्बर २ को आयोजनामा सभा भएको थियो । कार्यक्रममा बंगलाचुली गाँउपालिकाबासीहरुको उलेख्य सहभागिता रहेको थियो ।
त्यस अवसरमा बंगलाचुली गाँउपालिकाबासीहरुले उमेद्वारहरु सहित नेताहरुलाई फूलमालाले स्वागत गरेका थिए । भने स्थानीय नृत्यहरु प्न िप्रस्तुत गरेका थिए ।

त्यस अवसरमा बोल्दै प्रतिनीधी सभा सदस्यका उमेद्वार राजु खनालले जिल्लाको पहाडी भेगका बासिन्दाहरु विकासबाट बञ्चीत भएकाले त्यसको समाधानकालागि आफ्नो मुख्य प्राथमीकता हुने बताउनुभयो ।
खनालले यस पहाडी क्षेत्रका धेरै स्थानमा आफू पुगेको भन्दै यस भेगका बासिन्दाहरुको पिडा एवं समस्यासँग आफू जानकार रहेको बताउनुभयो ।

जिल्ला सदरमुकामबाट नजिकै रहेको भएपनि यस बंगलाचुली गाँउपालिका अर्थात साविकका काभ्रे, लोहारपानी, स्यूजा, हाँसिपुर गाविसबासीहरु लमो समयदेखी स्वच्छ खानेपानी, शिक्षा, स्वास्थ्य, सडक जस्ता आधारभुत आवश्यकताबाट बञ्चीत भएकाले अबको केही बर्षमा यी समस्या समाधान भएर जाने खनालको भनाई छ ।
‘तपाईहरुसँग म सँगै भए म यही क्षेत्रको बासिन्दा हुँ, बाहिर जिल्लाबाट आएको पाहुना उमेद्वार होईन’ खनालले भन्नुभयो–‘कांग्रेसलाई मत दिनुस् यहाँको विकार समृद्धिको जिम्मा हामी लिन्छौ ।’ उहाँले लोकतन्त्र, विकास, समृद्धिकालागि कांग्रेसको पक्षमा मतदान गर्न अनुरोध गर्नुभयो ।

‘लोकतन्त्रको रक्षाकालागि, लोतान्त्रीक संविधानको सहित कार्यान्वयनकालागि, शान्तिकालागि, समृद्धिकालागि, विकासकालागि कांग्रेसलाई मत दिनुस्’ खनालले भन्नुभयो–‘त्यसपछिको जिम्मा त हाम्रो हो हामी तपाईहरुलाई विकाससँगै समृद्धि लिएर पुनः आउनेछौ ।’
प्रतिनीधी सभा सदस्यका उमेद्वार कमलकिशोर घिमीरेले आफू यही ठाँउको बासिन्दा भएको र यहाँका समस्यासँग सधै जानकार रहेको बताउनुभयो । समस्यैसमस्याले घेरिएको यी पहाडी क्षेत्रहरुको मुहार फेर्नकालागि आँफू सधै लागिपरेको भन्दै अब आँफू विजय भएपश्चात यी ठाँउको समस्या सधैकालागि समाप्त हुने बताउनुभयो ।

‘यी पहाडका एक एक ठाँउ एकएक गल्ली सबै मलाई थाहा छ, कसको घर कहाँनेर छ सबै थाहा छ’ घिमीरेले भने–‘याँे ठाँउको समस्या यही ठाँउनको बासिन्दाले भोगेको छ जानेको छ ।
बाहिरबाट आउने पाहुनालाई केही थाहा छैन । सोच्नुस् सोच्ने बेला यही हो ।’ घिमीरेले आफूलाई अझै काम गर्ने अवसर निर्वाचनमा कांग्रेसको पक्षमा मतदात गरेर दिनुहुन अनुरोध गर्नुभयो ।

कार्यक्रममा निवर्तमान सांसद अनिता देवकोटा, पूर्व जिल्ला सभापति विरकेशरी गौतम, पूर्व सांसद कृष्ण किशोर घिमीरे, जिल्ला उपसभापति कमानसिंह भारति, क्षेत्र नम्बर २ का प्रचारप्रसार संयोजक भुपबहादु डाँगी, सहसंयोजक गिरिराज सुवेदी, महासमिति सदस्य खगराज पाण्डे, महाधिवेशन प्रतिनीधी भेषराज खत्री लगायत मन्तव्य राख्नुभएको थियो ।

यस्तै क्षेत्र नम्बर २ को प्रदेश सभा २ का उमेद्वार भरतबहादुर न्यौपानेले पनि शनिवार यस क्षेत्रका मतदाताहरुसँग भेटघाट गर्नुभएको छ । यस क्षेत्रका विभिन्न गाँउहरुमा पुगेर न्यौपानेले मतदाताहरुसँग भेट आफूलाई मत दिन अनुरोध गर्नुभएको छ ।

त्यस अवसरमा मतदाताहरुले न्यौपानेलाई ईमान्दार एवं विकासप्रेमी नेताको रुपमा आफूहरुले चिनेको भन्दै यसपटक स्थानीय एवं विकास गर्न सक्ने ईमान्दार नेतालाई मत दिने बताएका थिए ।

मतदाताहरुले सधै निर्वाचनको समयमा मत माग्न आउने तर कहिले पनि आफूहरुको दुःखमा सहभागी नहुने मान्छेलाई मत दिदैनौ भन्दै स्थानीय न्यौपानेलाई नै मत दिएर विजयी बनाउने बताएका थिए ।
RaptiSandesh RaptiSandesh