Home / Feature Breaking news / परितर्वनलाई सस्थागत गर्नकालागि निष्पक्ष पत्रकारिता आवश्यक– मन्त्री बस्नेत

परितर्वनलाई सस्थागत गर्नकालागि निष्पक्ष पत्रकारिता आवश्यक– मन्त्री बस्नेत

घोराही, १६ मंसिर

सूचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले परिवर्तनवाट उपलव्धी सस्थागत गर्नकालागि सञ्चारमाध्यमहरुले निष्पक्ष पत्रकारिताको आवश्यकता रहेको बताएका छन ।

रेडियो नेपाल आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा रिपोटिङका लागि पाँच नम्वर प्रदेश अन्तर्गतका संसाददाताहरुका लागि आयोजना गरेको क्षमता अभिवृद्धि तालिमको उद्घाटन गर्दै मन्त्री बस्नेतले दलहरुको सहमतिमा प्राप्त उपलव्धीहरुको सस्थागतका लागि हुन थालेको निर्वाचनमा स्वच्छ र निष्पक्ष पत्रकारिताका माध्यमवाट जिम्मेदवार प्रेस बन्न आग्रह गरे ।

सञ्चार माध्यमवाट दिने सामान्य समाचारका कारण पनि गम्भीर दुर्घटना गर्न सक्नेभन्दै उनले त्यसकालागि सञ्चार माध्यममा काम गर्ने सञ्चारकर्मीहरुलाई जिम्मेवार बन्न आग्रह गरे । तीन दलहरुको सहमतिमा प्राप्त नयाँ संविधानको कार्यान्वयनसँगै संघीय लोकतान्त्रीक शासन व्यवस्था कायमका लागि सञ्चारमाध्यमहरुले अभिभावकको भुमिका निर्वाचन गर्नुपर्ने बताए ।

त्यसका लागि सञ्चारकर्मीहरुले स्वच्छ,निष्पक्ष र मर्यादित पत्रकारिता समेत सुझाव दिए । ‘सरकारका राम्रा कामहरुको प्रचारसँगै जनताका कुरा सरकारसम्म ल्याउने काम पत्रकारहरुवाट हुने गरेको छ ।’ सूचना ता संञ्चारमन्त्री बस्नेतले भने–‘ जनताका कुरा लेख्दा र बोल्दा ध्यान दिनुहोला । गलत सन्देश दिदा नराम्रो हुन सक्छ ।’

त्यस्तै मन्त्रीले सञ्चारमाध्यमवाट काम गर्ने पत्रकारहरुलाई श्रमजीवि ऐन र न्यूनतम पारिश्रमीक निर्धारण समितिले तोके अनुसार पारिश्रमिक पाउनेपर्ने व्यवस्थाकालागि आफुले पहल गर्ने बताए ।

‘श्रमजीवि ऐन र न्यूनतम पारिश्रमिक निर्धारण आयोगले व्यवस्था गरे अनुसार रकम पत्रकारहरुले पाउनुपर्छ भनेर भाषणमा मात्र कुरा हुने गरेको छ ।’मन्त्री बस्नेतले भने–‘व्यवहारिक रुपमा पहल गर्नका लागि पत्रकार महासंघको टिम र मन्त्रालयले समन्वय गरेर अघि बढ्न आवश्यक छ । महासंघको टोली आउनुहोस कार्यान्वयनको लागि म पहल गर्छु ।’

मिडियामैत्री वातावरण नहुदासम्म सञ्चारकर्मीहरुले समस्या झेल्दै आउनुपर्ने मन्त्री बस्नेतको भनाई थियो । त्यस्तै उनले पाँच नम्वर प्रदेशको राजधानी दाङ उपयुक्त छ भनेर सञ्चार माध्यमहरुले न्यायिक रुपमा कमल चलाउन समेत आग्रह गरेका थिए ।

भौगोलिक अवस्था र दाङ उपत्यकाको प्रशस्त संभावना रहेका कारण दाङ नै यो प्रदेशको राजधानी बन्ने निश्चित रहेको उनले बताए । त्यसै अनुसार नै आफुले दाङमा रेडियोको प्रदेश कार्यालय स्थापना गर्नका लागि भौगोलिक अवस्था बुझ्न आएको उनले बताए ।

दाङ राजधानीसँगै धेरै सम्भावना बोकेका क्षेत्र भएकाले यस क्षेत्रको विकास लागि तुलसीपुरमा रहेको एयरपोर्टको स्तरउन्नतिसँगै नयाँ अन्तराष्ट्रिय बिमानस्थल निर्माण गर्नुपर्ने,दाङ उपत्यकालाई पर्यटकिय केन्द्रका रुपमा विकास गर्न भ्यू टावर,प्रादेशिक स्तरको अस्पतालको निर्माणसँगै कृषिको विकासका माध्यमवाट आर्थिक आम्दानीलाई वृद्धिसँगै सिचाईको व्यवस्था गर्न सकिने मन्त्री बस्नेतको धारणा थियो ।

त्यसका साथै आफुले सञ्चारको पहुज गाउँगाउँका जनतासम्म पु¥याउने उद्दश्यले २०२७ सम्म नेपाललाई डिजिटल नेपालको अवधारणा अनुसार दाङसहित नेपालका १४ जिल्लाहरुमा विद्यालयमा अनिवार्य कम्प्युटर शिक्षा व्यवस्था सुरु गरेको बताए ।

‘दाङसहित सात प्रदेशका १४ जिल्लाका प्राथमिक विद्यालय,निमावि,माध्यामिक विद्यालयहरुसँगै स्थानीय तहका प्रत्येक वडा,स्वास्थ्यचौकीहरुमा समेत दुई थान कम्प्युटर,प्रिन्टर,युपिएसको व्यवस्था सरकारले गरेको छ।’ मन्त्री बस्नेतले भने ।

विद्युतको सुविधा नपुगेका स्थानहरुमा सोलारको व्यवस्थाका माध्यमवाट अनिवार्य रुपमा सूचना तथा प्रविधाको विकास गरिएको भन्दै उनले अवको तीन वर्षभित्र नेपालका ७७ वटै जिल्लाका स्थानीय तह,स्वास्थ्यचौकीसँगै विद्यालयहरुमा अनिवार्य कम्प्युटर शिक्षा सुरुवात हुने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष बिपुल पोख्रेलले निर्वाचनको समयमा सञ्चार माध्यम तथा पत्रकारहरुले निष्पक्ष र सन्तुलित समाचार सम्प्रेष्ण गर्नुपर्नेमा बताए । आस्थाका आधारमा पत्रकारहरु विभक्त भएपनि समाचार संकलन र प्रचार गर्दा कतै राजनीतिक गन्ध नदिन सवैलाई आग्रह गरे ।

श्रमजीवि ऐन र न्यूनतम पारिश्रमीक निर्धारण समितिले तोके अनुसार पत्रकारहरुले पारिश्रमीक पाउने वातावरण निर्माणका लागि मन्त्री बस्नेतलाई पहल गर्न आग्रह गरेका थिए । साथै उपाध्यक्ष पोख्रेलले आफना रिपोटरहरुको क्षमताअभिवृद्धिका लागि रेडियो नेपाल जस्तै अन्य संघ सस्थाहरुले समेत आफना रिपोर्टरहरुको क्षमतावृद्धिका लागि समय–समयमा तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

रेडियो नेपालका कार्याकारी निर्देशक सुरेन्द्रकुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा रेडियो नेपालका कार्यक्रम संयोजक नवराज लम्साल,रेडियो नेपालका पूर्व कर्मचारी तथा लोकगायिका कोमल ओलीलगायतले बोलेका थिए । पाँच १८ गतेसम्म चल्ने तालिममा पाँच नम्वर प्रदेशका पत्रकारहरुको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*