घोेराही, १६ मंसिर
निर्वाचन आयोगका निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोग लागेको बताएका छन । यहि मंसिर २१ गते हुन थालेको दोश्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउनका लागि निर्वाचन आचारसंहिता विपरित नजान आग्रह गरेका हुन । देशका कतिपय जिल्लामा दलहरुले निर्वाचन आचारसंहिता विपरित प्रचा,पम्प्लेट,व्यानर,माईक प्रयोग गरेको पाइएको भन्दै उनले दाङका राजनीतिक दल तथा उम्मेदवारहरुलाई निर्वाचन आचारसंहिता विपरित नजान आग्रह गरेका हुन ।
निर्वाचनको अवस्था बुझन शनिवार दाङको घोराही आईपुगेका निर्वाचन आयुक्त पौडेलले दोश्रो चरणको निर्वाचनको तयारी पूरा भएकोले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नकालागि सहयोग गरिदिन जिल्ला स्थीति राजनीतिक दल,नागरिक समाज,पत्रकारहरुसँग आग्रह गरेका थिए ।
अहिलेसम्म सामान्य खालका निर्वाचन आचारसंहित उलंघन गरेका बाहेक अन्य ठुला आचारसंहिता उल्लघन गरेको घट्नाहरु आयोगमा नपरेको समेत निर्वाचन आयुक्त पौडेलले बताए ।
त्यस्तै संघीय प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एआईजी मधुसुदन पुडासैनीले पाँच नम्वर प्रदेशको सुरक्षा व्यवस्थालाई कडा बनाइएको बताए । निर्वाचनलाई लक्षित संवेदनशिल क्षेत्रहरुमा नेपाली सुरक्षासँग सयुक्त गत्तिसँगै सशस्त्र प्रहरी,नेपाल प्रहरी र म्यादी प्रहरीहरु मिलाएर सुरक्षा प्रदान गर्नेकार्य भैरहेको उनले बताए । मतदान केन्द्रसम्म सुरक्षाकर्मीहरु पुगीसकेकाले ढुक्कसँग मतदान गर्न समेत जनतालाई आग्रह गरे ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जिल्लामा निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिए । स्थानीय तहको निर्वाचन जस्तै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई शान्तिपुर्ण र भयरहित बातावरणमा सम्पन्न गर्न मुख्य निर्वाचनको कार्यालय र सुरक्षा निकाय लागि परेको उनले बताए ।
दोश्रो चरणमा हुन थालेका जिल्लाहरुमा दाङको नमूना रुपमा निर्वाचनलाई सम्पन्न गर्नकालागि आफुहरु लागि परेको समेत उनले बताए ।
अहिले जिल्लाका तीन सय ९४ मतदान केन्द्रमा खटिने कर्मचारीहरुलाई नियुक्त पत्र र पारिश्रमिक दिने काम भइरहेको र आइतवारबाट निर्वाचन सामाग्री उपलव्ध गराएर कार्य स्थलतर्फ पठाइने मुख्य निर्वाचन अधिकृत रावलले बताए ।
प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जिल्लामा शान्ति पूरा रुपमा निर्वाचन सम्पन्न गराउनका लागि सुरक्षा व्यवस्था मजबुत बनाएको बताए । छुटपुट रुपमा केही निर्वाचन बिथोल्ने गतिविधिहरु भएपनि अन्य अवस्था समान्य रहेको उनले बताए । जिल्ला प्रहरी कार्यालय दाङकी प्रहरी उपरिक्षक दुर्गा सिंहले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नकालागि जिल्लामा सुरक्षा व्यवस्थालाई कडा बनाएको बताए ।
जिल्लामा एक सय ५१ मतदान स्थलमध्य छ वटा अति संवेदनशिल,एक सय २८ संवेदनशिल र १७ कम संवेदनशिलका रुपमा छुट्याएर सुरक्षा व्यवस्था मिलाईएको उनले बताईन ।