Home / Election / पाका भन्छन्–‘कमल बाबु चुनाव जित्दै हुनुहुन्छ’

पाका भन्छन्–‘कमल बाबु चुनाव जित्दै हुनुहुन्छ’

घोराही, १६ मंसीर
मतदाताको घरघरमा पुग्दा मतदाताहरु खुशी हुन्छन् । कोही पुष्पगुच्छाले स्वागत गर्छन् । कोही टिकाले । हाँसोले मिसिएको आवाजमा भन्छन्–‘कमल किशोर राम्रो मान्छे हो नेता हो ।

यसले जनताको लागि काम गर्छ भन्ने सुनेका थियौ घरमै आईपुग्नुभयो खुशी लाग्यो । हाम्रो साथ छ चुनाव जित्नुहुन्छ ।’ मतदाताहरुले यस्तो भनिरहदा कमल किशोर भन्छन्–‘तपाईहरुको माया तपाईहरुको साथले म चुनाव जित्दैछु ।

त्यो चुनाव मैलेमात्र जित्थ्नेछैन तपाईहरुले पनि जित्नुहुनेछ ।’ कमललाई यस पटकको निर्वाचनमा युवादेखी वृद्धसम्मको साथ छ । उनी घरदैलोमा पुग्दा सबै खुसीका साथ आफ्नो समस्याराख्छन् । समस्या समाधान गरिदिन अनुरोध गर्छन् ।

घिमीरे घरदैलोमा पुग्दा वृद्ध व्यक्तीहरुसँग आशीर्वाद लिन्छन् । उनी पाका व्यक्तीहरुबाट आर्शिवाद माग्दै भन्छन्–‘वुवा महिला आशीर्वाद दिनुस् आमा मलाई आशीर्वाद् दिनुस् । जनताको सेवा देशको सेवा गर्न पाँउ ।’

उनले ति भनिनसक्दै पाकाहरु भन्छन्–‘बाबु हाम्रो साथ छ यो निर्वाचन तपाई जित्नुहुन्छ । असल मान्छेलाई भगवान्ले पनि हेर्छन् । यो पटक तपाईको जित पक्कै हुन्छ ।’ कमलले यसरी अग्रज व्यक्तीहरुसँगको आर्शीवाद लिदै घरदैलो गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*