घोराही, ३० साउन
दाङका पुराना फर्निचर व्यवसायीहरुमध्य एक व्यवसायी हुनुहुन्छः धनपति शर्मा । सिद्धबाबा फर्निचर एण्ड सप्लायर्स सञ्चालक शर्मा फर्निचर व्यवसायीहरुको प्रतिनिधित्व गर्दै दाङ उवासंघको नयाँ नेतृत्वकालागि सदस्य पदको उमेद्वार हुनुहुन्छ ।
२०४८ भदौ १ गतेदेखी फर्निचर व्यवसाय सुरु गर्नुभएका धनिपति मिलनसार एवं सबैको प्रीय व्यवसायी हुनुहुन्छ । त्रिभुवननगर जेसीज, सामुदायीक सेवा केन्द्र, पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति लगायत विभिन्न संघसंस्थाको जिम्मेवार पदमा रहेर काम गरिसक्नुभएका धनपतिले व्यवसायीहरुको हकहित, फर्निचर व्यवसायीको समस्या समाधान, साना तथा ठुला व्यवसायीले भोग्दै आएमा समस्याको समाधानमा पहल गर्ने उद्धेश्यकासाथ सदस्य बन्न चाहेको बताउनुभयो ।
यस्तै घरवहाल, कर, विलिङ, स्वच्छ घोराहीजस्ता विविध विषयमा काम गर्ने शर्माको भनाई छ । सामाजिक क्षेत्रमा रहेर लामो समयदेखी समाज सुधारमा लागेकाले र व्यवसायमा लामो अनुभव भएकाले पनि व्यवसायी मतदाताहरुले मतदात गर्ने बताउनुभयो ।