Home / Feature Breaking news / लुम्विनी प्रदेश राष्ट्रियसभा उपनिर्वाचन : २९७ मत खस्यो,मतगणना आजै

लुम्विनी प्रदेश राष्ट्रियसभा उपनिर्वाचन : २९७ मत खस्यो,मतगणना आजै

दाङ,१७ जेठ । लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा २९७ मत खसेको छ । निर्वाचनमा लुम्विनी प्रदेशसभाका सवै ८३ जना सदस्यहरुले मतदान गरेका छन् । उनीहरु मध्य ५० जना पुरुष र ३० जना महिलाहरु रहेका छन् ।

त्यसैगरी स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१४ जनाले मात्र मतदान गरेका छन् । जसमा १०८ पुरुष र ८२ महिलाहरुले मतदान गरेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । त्यसैगरी निर्वाचनमा कोरोना संक्रमित तीन जना र स्थानीय तहतर्फका २४ जना जनप्रतिनिधिहरुले मतदान गरेका थिए । निर्वाचनमा अहिलेसम्म स्थानीय तहतर्फ तीन जनाले मतदान गरेका छैनन् ।

निर्वाचन कार्यालयका अनुसार मतदान नगर्नेमा स्थानीय तहतर्फ बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुखसहित अन्य दुई स्थानीय तहका प्रमुखहरु रहेका छन् । मतदान गर्ने समयम ३ बजेसम्म तोकिएको छ । उपनिर्वाचनमा ३०० जना मतदाता रहेका छन् ।

नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित अर्घाखाँचीका चन्द्रबहादुर खड्काले एमाले प्रवेश गरेपछि उनी पदमुक्त भएका थिए । त्यसपछि रिक्त पदमा नेकपा एमालेबाट खड्का नै उम्मेदवार बनेका छन् भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थनमा कांग्रेसका दृगनारायण पाण्डेय उम्मेदवार बनेका छन् ।

निर्वाचनका लागि कार्यालयले प्रदेश सांसद, स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष तथा उपाध्यक्ष र कोरोना संक्रमितका लागि छुट्टाछुट्टै व्यवस्था गरेको थियो । केही बेरमा मतगणनाको तयारी गरिदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*