Home / Feature Breaking news / लुम्विनी प्रदेश राष्ट्रियसभा निर्वाचन : मतगणना शुरु

लुम्विनी प्रदेश राष्ट्रियसभा निर्वाचन : मतगणना शुरु

दाङ,१७ जेठ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका आज भएको उपनिर्वाचनको मतगणना शुरु भएको छ । साढे ३ बजेदेखि मतगणना शुरु गरिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । पहिलो चरणमा स्थानीय पालिकाका प्रमुख उपप्रमुखले गरेको मतपत्र गणना शुरु भएको छ ।

बिहान ९ बजेदेखि ३ बजेसम्म भएको मतदानमा २ सय ९७ मत खसेको थियो । कुल ३ सय मतदाता मध्य नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख, बाँकेकै नरैनापुर गाउँपालिका र गुल्मीको गुल्मी दरबार गाउँपालिकाका प्रमुखहरुले मतदान गरेका थिएनन् । प्रदेश सभा सदस्य ८३ जना सबैले मतदान गरेका छन ।

राष्ट्रियसभा निर्वाचनको मतपरिणाम भर्चुअल माध्यामबाट सार्वजनिक गरिने भएको छ । कोरोनाको समयमा भिडभाड कम गर्नकालागि भर्चुअल माध्यामबाट मतपरिणाम सार्वजनिक गर्न लागिएको सहायक निर्वाचन अधिकृत मिनराज भट्टराईले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*