Home / Feature Breaking news / राष्ट्रिय सभामा कांग्रेसका पाण्डेय निर्वाचित

राष्ट्रिय सभामा कांग्रेसका पाण्डेय निर्वाचित

राष्ट्रिय सभा सदस्यका लागि भएको उप निर्वाचनमा लुम्बिनी प्रदेशबाट दृगनारायण पाण्डेय निर्वाचित भएका छन ।

नेपाली काग्रेसका उम्मेदवार पाण्डेयलाई माओवादी केन्द्र, जसपा उपेन्द्र यादव समूह, राष्ट्रिय जनमोर्चा र एमाले माधव नेपाल समुहको समर्थन रहेको थियो ।

पाण्डेयले ५४६ मतभार अन्नतर्ले एमालेका उम्मेदवार चन्द्र बहादुर खड्कालाई पछि पारेका हुन । खड्कालाई एमाले,महन्त ठाकुर समूह लगायतकाको समर्थन रहेको थियो । पाण्डेय यस अघि प्रदेश सभा सदस्य थिए ।

एमालेबाट जितेका पाण्डेयले राजिनामा दिएर काग्रेसमा प्रवेश गरेका थिए । पाण्डेले स्थानीय तह तर्फ २१२४ मत भार र प्रदेश तर्फ मतभार २०१६ प्राप्त गरेका छन ।

खड्काले स्थानीय तह मतभार र प्रदेश तर्फ १९२० मतभार प्राप्त गरेका छन । निर्वाचनका तीनवटा मतदान केन्द्रबाट मतदान भएको थियो । तीन सय मतदाता रहेकोमा २ सय ९७ मत खसेको थियो । निर्वाचनमा राप्रपाले बहिस्कार गरेको छ ।

२ मत बदर भयको थियो । नेपालगन्ज उपमहानगर का नगर प्रमुख,नरैना गाउपालिका र दरबार गाउपलिकाका अध्यक्ष मत हाल्न आएनन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*