देवेन्द्र बस्नेत
दाङ, १२ चैत
टेलिभिजनमा आउने टेलिफिल्म तथा म्युजिक भिडियोले ध्यान खिच्थे । टेलिभिजनको पर्दामा देखिने कलाकार जस्तै ‘शो’हुने ख्वाब उपद्रै जाग्थ्यो । तर समाजले कलाकारीतालाई पचाउँदैनथ्यो । गायन वा नृत्यमा शौखिनहरुलाई हेर्ने दृष्टिकोण फरक थियो । परिवार तथा समाजबाट हेर्ने दृष्टिकोणकै कारण सोफिया पाण्डेको कलाकारीता मोह बर्षैँ खुम्चीएर बस्यो । तर आँट थियो ‘कुनै न कुनै दिन कलाकारीता जगतमा उदाएरै छोड्ने छु ।’
क्लाकारीतामा उदाउने सोफियाको सुन्दर सपनाले अन्ततः एकबर्ष अघि साकार रुप लियो । उनि अहिले नामी मोडलको लयमा हिँडिरहेकी छिन् । उनका लागि यो सहजता काठमाडौँ यात्राले जुराईदियो । अध्ययनका लागि काठमाडौँको दुरी नापेपछि उनका लागि कलाकारीताको बाटो पनि सहज बनिदियो । संयोग पनि उस्तै सुदुरपश्चिमकी सोफियाले पहिलो गीत उनकै ठाउँ परिवेशको मौलक गीत देउडामा अभिनय गर्ने अवसर पाईन् ।
‘तेरी सम्झाईले रुवाईदियो’बोलको गीत बाट मोडलिङमा डेब्यू गरेकी सोफियाले त्यसयता लगातार आफ्नो करियरलाई बिस्तार गर्दै लगिन् । ‘पहिलो देउडा गीतले मलाई धेरै उर्जा दियो,’उनि भन्छिन् ‘त्यो गीतबाट पाएको उर्जाकै कारण म यो क्षेत्रमा अघि बढ्दै गएँ ।’ एकबर्ष अघि देखि कलाकारीतामा यात्रा थालेकी सोफियाले अहिले सम्म एक दर्जन गीतमा काम गरिसकेकी छिन् । ‘अहिले सम्म उक दर्जन गीतहरुमा काम गरिसकेकी छु,’उनि भन्छिन् ‘मैले दोहोरी गीतहरुमा मात्रै अभिनय गरेकी छु ।’
लोकदोहोरी गीतमा मात्रै अभिनय गरेकी उनको चाहना भने हरेक धारका गीतहरुमा आँफूलाई मोडलका रुपमा उभ्याउनु हो । तथापी उनलाई लोक गीतबाट बढि फीट देखेकै कारण अफरहरु लोकगीतबाटै बढि आईरहेको छ । ‘मलाई लोक गीतहरुमै बढि फिट हुने देखेर होला, धेरै लोकगीतका लागि अफरहरु आउँछ,’उनले भनिन् ‘तर मेरो चाहना भनेको हरेक बिधाका गीतहरुमा आँफूलाई मोडलका रुपमा उभ्याउन सकुँ ।’
गीती अभिनयमा आँफूलाई अब्बल सावित गर्ने दौडमा रहेकी सोफिया गायकीमा समेत उत्तिकै रुचि राख्छिन् । तर उनलाई संगित क्षेत्रले गायिका भन्दा बढि मोडलकै रुपमा स्वीकार गरेको छ । ‘गीत गाउने पनि ठूलो शौख हो,’उनले भनिन् ‘तर अहिले सम्म गीत गाउने अवसर भने प्राप्त गरिसकेकी छैन,तर मेरो यो चाहनालाई पनि म पुरा गरेरै छाड्ने छु ।’
हाल काठमाडौँमा अध्ययनरत सोफिया अध्ययनका अलावा बचेको समय कलाकारीतामा खर्चन्छिन् । यसर्थ पनि उनका लागि कलाकारीताका लागि पर्याप्त समय भने मिल्दैन । समय मिलाएर कलाकारीता क्षेत्रमा यात्रारत उनले यो क्षेत्रलाई भने मायाँ मार्ने सोँचमा नरहेको वताउँछिन् । ‘मेरो सानै देखिको शौखको बिषय कलाकारीता हो,’उनले भनिन् ‘समय म्यानेज गरेरै भएपनि करियर स्थापीत गर्नका लागि लागिपर्छु, तर चटक्कै छोडेर यो क्षेत्रबाट विस्थापीत भने हुने छैन ।’ उनि मोडलिङकै दौरानका क्रममा टेलि फिल्ममा समेत काम गरिसकेकी छिनन् ।