Home / Feature Breaking news / रक्तदान गरेर आमालाई सम्झिए पत्रकार महासंघका केन्द्रीय सदस्य शर्माले

रक्तदान गरेर आमालाई सम्झिए पत्रकार महासंघका केन्द्रीय सदस्य शर्माले

घोराही, २४ साउन

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सदस्य अजयदीप शर्माले आफ्नो आमाको सम्झनामा रक्तदान गरेका छन् ।

गतबर्ष साउन २४ गते निधन भएकी आमा लोककुमारी रिजालको सम्झनामा उनले रक्तदान गरेका हुन् । लोककुमारीकी नातिनी राधा रिजालले पनि आफ्नो हजुर आमाको सम्झनामा रक्तदान गरेकीछन् ।

घर परिवारले साउन १४ गते तिथिको अबसरमा वार्षिक श्राद्ध गरेका थिए । तर, अजयदीप र राधाले आफ्नी आमा÷हजुर आमाको सम्झनामा रक्तदान गरेका हुन् ।

दुबै जनाले आज बिहानै रक्त सञ्चार केन्द्रमा गएर रक्तदान गरेका थिए । ‘आमाको रगतबाट नै हामी बनेका छौं, हामी आमाको नाममा कुनै दुःखी विरामीलाई रगत उपलब्ध होस् भनेर रक्तदान गरेका हौं,’ उनले भने, ‘आमालाई सम्झने विभिन्न तरिका छन्, म अब सधै साउन २४ गते आमाको सम्झनामा रक्तदान गर्ने छु ।’ आमाको नाममा वार्षिक श्राद्ध रक्तदान गरेर नै मनाउने उनले जानकारी दिए ।

हजुर आमाकै माया र स्नेहमा हुर्केकाले सम्झनामा रक्तदान गरेको नतिनि राधा रिजालले बताइन् । ‘हजुरआमाको रगत मेरो शरिरमा पनि छ, मेरो रगत कुनै दुःखी विरामीले पाउन, त्यो पनि हजुर आमाको रगत हुने छ ।’

लोककुमारीको परिवारले गतवर्ष नै सिद्धरत्ननाथ उच्च माध्यामिक विद्यालय नारायणपुरमा ५७ हजार, पत्रकार महासंघमा ५१ हजार र प्रेस सेन्टरमा ५१ हजारको पुरस्कार अक्षकोष स्थापना गरेका थिए ।

तीन ओटै पुरस्कार आज प्रदान गरिदै छ । यसबर्ष पत्रकार महासंघले प्रदान गर्ने लोककुमारी स्मृति पत्रकारीता पुरस्कार पत्रकार सन्तोष अधिकारी र प्रेस सेन्टरले प्रधान गर्ने लोककुमारी प्रतिभा पुरस्कार पत्रकार तुलसीराम वलीले पाउँदै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*