Home / समाचार / तुलसीपुर सरसफाईका लागि हाँस्यकलाकार दाङमा

तुलसीपुर सरसफाईका लागि हाँस्यकलाकार दाङमा

तुलसीपुर, २४ साउन
दाङको तुलसीपुरमा सञ्चालन भईरहको क्लिन तुलसीपुर अभियानले सञ्चालन गरेको साताव्यापी सरसफाई अभियानको समापनका अवसरमा वृहत साँस्कृतिक सरसफाई कार्यक्रमको आयोजना गरिएको छ । सो अवसरमा सहभागी हुन राष्ट्रिय कलाकारहरु दाङ आईपुगेका छन् ।

उनीहरु तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपु्र उपमहानगरपालिकाले संयुक्त रुपमा सञ्चालनमा ल्याएको क्लिन तुलसीपुर सरसफाई अभियान ५० औँ हप्ता पुगेको अवसरमा स्थानिय तहलाई हस्तान्तरण गर्न नेपाल सरकारका सरसफाई दुत समेत रहेका सिताराम कट्टेल (धुर्मुस) मंगलवार तुलसीपुर आउनु भएको हो ।

Chamchuri

उहाँसंगै अन्य कलाकार सुरविर पण्डित (दाह्री बुढा), पल्पसा डंगोल(चम्चुरी), राजु अधिकारी र कमल गाउँले लगायतका कलाकारहरु आएको सरसफाई अभियानका संयोजक विमल रिजालले जानकारी दिनुभयो । बुधवार विहान ७ बजेदेखि तुलसीपुरको वि.पी चोकमा हुने कार्यक्रममा सरसफाई सम्बन्धी साँस्कृतिक कार्यक्रममा उपस्थितिका लागि संयोजक रिजालले सबैमा आग्रह समेत गर्नुभएको छ ।

दर्जनौ सामाजिक संघसंस्थाहरु, राजनीतिक दल, सुरक्षा निकाय, संचारकर्मी एवं जिल्लाबासीहरुकोे प्रत्यक्ष सहभागितामा सञ्चालन भइरहको क्लिन तुलसीपु्र ग्रिन तुलसीपुर अभियान जनप्रतिनिधिहरु निर्वाचित भईसकेको अवस्थामा स्थानीय तहलाई हस्तान्तरण गर्न लागिएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतले जानकारी दिनु भयो ।

यसैबीच ५१ औं हप्ताको सरसफाई अभियान अन्तरगत मानपुरको वीरेन्द्र मा.वि.मा वक्षारोपन गरिएको छ । सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, सरसफाई अभियानका संयोजक विमल रिजाल लगायतले संयुक्त रुपमा वृक्षारोपन गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको हो ।

clean1

सरसफाई सप्ताह अन्तरगत एक साता सम्म विभिन्न स्थानमा पन्ध्र सय विरुवाहरु रोपिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*