Home / समाचार / घोराही ३ मा चौधरीद्धारा पदभार ग्रहण

घोराही ३ मा चौधरीद्धारा पदभार ग्रहण

घोराही उप–महानगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष माधव चौधरीले आज पदभार ग्रहण गर्नुभएको छ । उहाँलाई उप महानगरपालिकाका उप प्रमुख सिता न्यौपानेले पदभारग्रहण गराउनु भएको हो । पदभार ग्रहण कार्यक्रम वडा अध्यक्ष मावध चौधरीको अध्यक्षता एवम उप प्रमुख सिता न्यौपानेको प्रमुख आतिथ्यतामा भएको थियो ।

त्यस अवसरमा वडा सदस्य सुमन रोका, नेपाली कांग्रेस क्षेत्र नम्वर २ का सभापति गिरीराज सुवेदी, नेपाली काग्रेस जिल्ला सदस्य दामोदर शर्मा, पुर्व जिल्ला सदस्य खिमा अधिकारी, नेपाली कांग्रेस क्षेत्र नम्वर २ का सदस्य गणेश विसी, नेकपा एमालेका गोविन्द्र शर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । वडा सचिव बेदनिधी शर्माको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण शरद विसीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*