Home / मनोरञ्जन / तुलसीपुरमा तीज विशेष साँस्कृतिक कार्यक्रम हुने

तुलसीपुरमा तीज विशेष साँस्कृतिक कार्यक्रम हुने

दाङ, ४ साउन
दाङको तुलसीपुरमा तीज विशेष सास्कृतिक कार्यक्रम हुने भएको छ । २०७४ सालको तिज पर्वलाई लक्षित गरी डि.एल डान्स एकेडेमीको मख्य आयोजना र ड्रिम होस्टेल एवं मल्ट्रि मिडिया प्रालीको सहआयोजनामा तिज विशेष कार्यक्रम २०७४ हुने भएको हो ।

तुलसीपुरको अरनिको मैदानमा भदौ २ र ३ गते कार्यक्रम हुने कार्यक्रम हुने छ । कार्यक्रम सफल बनाउनकालागी कालागी विभिन्न उपसमितिहरु समेत गठन भएका छन । जसमा कार्यक्रम संयोजक दोर्ण आचार्य, कार्यक्रम व्यवस्थापन तेज वली, सास्कृतिक संयोजक सुनिल विसी, प्रचारप्रसार समितिको संयोजक मोहन दाई, स्वयम सेबक संयोजक जीत क्षेत्री र विशेष सहयोगीमा यमप्रसाद खराल रहेको आयोजकले बताएको छ ।

कार्यक्रममा कलाकारहरु पुस्कल शर्मा, तीलक वली, भुमिका गिरी, राजेन्द्र भट्ट, रीना थापा मगर, रितु तामाङ, मधुसुदन डाँगी, कर्म मुस्कान, रोहन वली, खेम वली, मदन मुस्कान, समिक्षा पौडेल, नवराज जिएम, रोशन विसी, राजु सुनार रहेका सास्कृतिक संयोजक सुनिल विसीले जानकारी दिनुभएको छ । कार्यक्रममा प्रबेशका लागि टिकट शुल्क ४० रुपैँया तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*