Home / Feature Breaking news / दाङमा एक वर्षमा १ सय ७२ सवारी दुर्घटना, ७७ जनाको मृत्यु

दाङमा एक वर्षमा १ सय ७२ सवारी दुर्घटना, ७७ जनाको मृत्यु

बिमला घर्ती
घोराही, २ असार
दाङमा वितेको एक बर्षमा भएको सवारी दुर्घटनामा परि ७७ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७३÷७४ मा भएका सवारी दुर्घटनामा ७७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । मृत्यु हुनेमा ५८ जना पुरुष, ११ जना महिला, ६ जना बालक र २ बालिकाको रहेका छन् ।

acc

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका लालबहादुर देउवाका अनुसार सबैभन्दा धेरै मंसिर महिनामा ११ जनाको निधन भएको थियो । कार्तिक, पुष र माघमा ९÷९ जनाको निधन भएको छ भने असोज र बैशाख महिनामा ७÷७ जनाका मृत्यु भएको छ । फागुन र चैत्र महिनामा ६÷६ जना, जेठ र असारमा ४÷४ जना, भदौ महिनामा ३ र साउन महिनामा २ जनाको निधन भएको छ ।  एक बर्षमा एक सयय २० जना गम्भिर घाइते भएका छन् । वितेको एक बर्षमा बस ४०, ट्रक २७, जिप÷कार १२, मोटकरसाइकल ७२, टेक्टर १६, टेम्पो एक, अन्य चार वटा सवारीका साधन दुर्घटना भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*