Home / Feature Breaking news / कांग्रेसको झण्डा हटाउदै नेविसंघ

कांग्रेसको झण्डा हटाउदै नेविसंघ

घोराही, ५ साउन
नेपाली कांग्रेले घोराहीमा राखेका झण्डाहरु हटाईएको छ । नेविसंघ दाङ क्षेत्र नम्बर ३ ले असार १४ गते भएको स्थानीय तहको निर्वाचनका समयमा प्रचारकालागी राखेका झण्डाहरु आजदेखी हटाउन सुरु गरिएको हो ।

20108408_105341630138924_3516012933331000826_n

नेविसंघ क्षेत्रीय समितिको अगुवाईमा आज विहीवारदेखी झण्डाहरु हटाउन सुरु गरेको हो । विहिवार विहान तुल्सीपुर चोकमा एक कार्यक्रमको आयोजना गरि झण्डा हटाउन सुरु गरिएको थियो । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ का सभापति एवं घोराही उपमहानगरपालिकाका मेयर पदका प्रत्यासी भुपबहादुर डाँगी र कांग्रेसका महाधिवेशन प्रतिनिधी एवं उपमेयर पदका प्रत्यासी पुष्पा श्र्रष्ठले झण्डा हटाएने कार्यक्रमको सुरुवात गर्नु भएको थियो । जस अन्त्रगत आज घोराही बजारका विभिन्न स्थानहरुको झण्डा हटाउने काम भईरहेको नेविसंघ क्षेत्रीय सभापति तिलक रावतले जानकारी दिनुभयो ।

20228892_105341380138949_117911770304728773_n

झण्डा हटाउने कार्यक्रम सुरु हुनुभन्दा पहिले एक औपचारिक कार्यक्रम गरिएको थियो । क्षेत्रीय सभापति तिलक रावतको अध्यक्षता एवं नेपाली कांग्रेसका जिल्ला सचिव शंकरप्रसाद डाँगीको प्रमुख आतिथ्य, क्षेत्रीय सभापति भुपबहादुर डाँगीको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा महाधिवेशन प्रतिनीधी पुष्पा श्रेष्ठ, घोराही उपमहानगरपालिका १५ का कांग्रेस सभापति प्रकाश श्रेष्ठले भनाई राख्नुभएको थियो ।

20156076_105341650138922_805322836510903221_n

कार्यक्रमको सहजिकरण नेविसंघका क्षेत्रीय सचिव लेखनाथ बुढाथोकीले गर्नुभएको थियो । कार्यक्रममा वडा अध्यक्ष रमेशकुमार पाण्डेको पनि सहभागीता रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*