Home / समाचार / घर भत्किँदा तीन महिनाकी शिशुको मृत्यु

घर भत्किँदा तीन महिनाकी शिशुको मृत्यु

घोराही, २४ असार

अविरल वर्षाका कारण घर भत्कदा दाङमा तीन महिनाकी शिशुको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका वडा नम्बर १७ मा आज बिहान घर भत्किँदा शिशुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनको आमा र दिदी घाइते भएका छन् ।

घरको भित्ता भत्कँदा मनिषा चौधरीकी तीन महिनाकी छोरी विन्दु चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मनिषा र उनकी ९ वर्षीया छोरी बाटुली चौधरी घाइते रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

घाइते आमा छोरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*