दाङ, २३ माघ
नाम विजय पुन । पहिचान अनेक छ । कलाकारितामा फक्रदै गरेका प्रतिभा । धेरै विधामा उनको कला र क्षमता छ । दाङको लमहीका विजय पुन कलाकारिताका एक प्रतिभा हुन् ।
कार्यक्रम सञ्चालन, अभिनय, नृत्य एवं गायनमा छुट्टै खुबी भएका विजय अहिलेको समयमा कार्यक्रम सञ्चालको रुपमा स्थापीत छन् । देशका विभिन्न स्थानमा हुने मेला महोत्सवमा उनी कार्यक्रम सञ्चालनको रुपमा उभिन्छन् । तर आवश्यकता अनुसार उनी गीत पनि गाउछन्, नृत्य पनि प्रस्तुत गर्छन्, अभिनय पनि गर्छन् । उनमा सबै किसिमको प्रतिभा र कला छ ।
त्यसैले उनी अहिलेको रोजाई बनेका छन् । विजयमा भएको कलाले नै उनलाई महोत्सवाहरुमा माग बढ्दै गएको छ । उनको कलाकारितामा लागेको ४ बर्ष बढि भयो । उनी धेरै क्षेत्रमा पोख्त हुदाहुदै पनि उनलाई कार्यक्रममा उद्घोषण गर्न एकदम मन पर्छ ।
‘गीत पनि गाउछु, अभिनय पनि गर्छु, उद्घोषण गर्छु’ उनले भने ‘यी मध्य सबैभन्दा मलाई मन पर्ने काम भनेको महोत्सवहरुमा उद्घोषण नै हो ।’ उनी महोत्सवमा उद्घोषणकालागि देशका विभिन्न जिल्ला पुगीसकेका छन् ।
जिल्लाको लमहीमा वुवा नेत्रबहादुर पुन र आमा सरस्वति पुनका छोरा विजयलाई कलाकारिता क्षेत्रमा सफलताको शुभकामना ।।