Home / Feature Breaking news / नारायणपुर महोत्सव एक दिन थपः मंगरवार दाह्रीबा र चम्चुरी, वुधवार दुर्गेश आउदै

नारायणपुर महोत्सव एक दिन थपः मंगरवार दाह्रीबा र चम्चुरी, वुधवार दुर्गेश आउदै

नारायणपुर, २२ माघ
नारायणपुरमा १२ गतेदेखी सुरु भएको ‘नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४’ एक दिन थप भएको छ । २३ गते मंगलवारसम्म हुने भनिएको महोत्सव एक दिन थप भएर २४ गते वुधवारसम्म हुने छ ।

‘कृषि व्यवसाय एवं पर्यटनमा प्रोत्साहनः दीगो अर्थतन्त्रकालागि अमूल्य योगदान’ मूल नाराका साथ नारायणपुर उद्योग वणिज्य संघको आयोजीत ‘नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४’ को अन्तिम दिन २४ गते मंगलवार युवाहरुको रोजाई दुर्गेश थापा आउने कार्यक्रम रहेको छ ।

दर्शकहरुको मागलाई मध्यनजर गर्दै वुधवार युवाहरुको रोजाई गायक दुर्गेश थापालाई महोत्सवमा आमन्त्रण गरिएको महोत्सवमा निर्देशक बिनादे बुढाथोकीले जानकारी दिनुभयो । साथै वुधवार लोकदोहोरी गायक दिपक खड्का, कलाकार विजय पुन लगायतको प्रस्तुति रहने हउाँले जानकारी दिनुभयो ।

IMG_7640

उहाँका अनुसार २३ गते मंगलवार नेपाली कलाकारितामा हास्यकलाकार सुरविर पण्डीत (दाह्रीबा) र पल्पसा डंगोल(चम्चुरी) आउने कार्यक्रम रहेको बुढाथोकीले बताउनुभयो । यसका साथै मंगलवार गायीका शीलु भट्टराई पनि आउने उहाँले जानकारी दिनुभयो ।

IMG_7652

महोत्सवमा सोमवार युवा पुस्ताका रोजाई गायक रमेशराज भट्टराईसँगै दर्शकहरु झुमेका छन् । युवाहरुको रोजाईका गीतहरु गाएर चर्चीत भएका गायक भट्टराईले आफ्ना चर्चीत गीतहरु प्रस्तुत गरेका थिए ।

IMG_7594

उनले अहिलेको चर्चीत गीत ‘बेहुला बनाउछु भन्थी बहुला बनाएर गई’ बोलको गीत गाईरहदा दर्शकहरु उनको प्रस्तुतिमा सँगसँगै नाचेका थिए । उनले यो गीत गाईरहदा दर्शकहरुले वान्स मोरको आवाजले महोत्सव स्थल गुञ्जीएको थियो । दर्शकहरुको आग्रहमा उनले यो गीत ४ पटक गाएका थिए ।

IMG_7626

यसका साथै रमेशराजले ‘बबाल भो बबाल भो, तिम्रो मोहनी बोली छ, जादु छ बोलीछ, यता पनि प्यार भन्छन् उता पनि प्यार, मलाई माया जालमा पा¥यो, निधारमा तिम्रो टिका छ’ बोलको गीतहरु प्रस्तुति गरेका थिए ।

IMG_7620

महोत्सवमा एक खुट्टाले मात्र नाच्ने कलाकार रोमा न्यौपानेले एत्कृष्ट प्रस्तुति राख्नुभएको थियो । यस्तै लोक दोहोरी गायक दिपक खड्काले आफ्ना गीतहरु प्रस्तुत गर्नुभएको थियो ।

IMG_7676

साथै खड्काले सोमवार उत्कृष्ट कार्यक्रम उद्घोषण गर्नुभएको थियो । सोमवार उत्सर्ग फिल्मस् प्रालिका कलाकारहरुले प्रस्तुति राखेका थिए । कलाकार टोपेन्द्र विष्ट, सरद समीप, राजु विक, राजकुमार वली, सुरक्षा सेर्पाईली लगायले सोमवार प्रस्तुति राख्नुभएको थियो ।

IMG_7674

महोत्सवको मुख्य आकर्षणको रुपमा यस क्षेत्रबाट उत्पादित वस्तुहरुको पर्दशनी, यस क्षेत्रका पर्यटकिय स्थलहरुको चिनारी, जातिय पहिचान झल्काउने सांस्कृतिक नृत्य तथा झाँकीहरु, चर्चित कलाकारहरुको दैनिक सांस्कृतिक प्रस्तुति, योग शिवीर तथा धार्मीक प्रवचन एवं झुला, मौतका कुवा, पिङ, ब्रेक डान्स सहित बाल उद्यानका सम्पूर्ण सामाग्री रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*