Home / समाचार / मृगौला पीडित लुटुप्रसादको उपचारकालागि ४४ हजार संकलन

मृगौला पीडित लुटुप्रसादको उपचारकालागि ४४ हजार संकलन

 

दाङ,२२ माघ । दाङ देउखुरी होटल व्यवसायी समितिका महासचिब घोराही उपमहानगरपालिका वडा नं. १७ निबासी मृगौला पीडित लुटुप्रसाद पौडेलको उपचारका लागि घोराहीका विभिन्न कलेज तथा विद्यालयहरुले सहयोग गरेका छन । सोमबार मात्रै घोराहीका कलेज तथा विद्यालयहरुबाट ४४ हजार ५ सय रुपैया आर्थिक सहयोग संकलन भएको छ ।

पौडेलको छोरी शारदा पौडेलले अध्ययन गर्ने घोराहीको दाङ भ्याली कलेजका विद्यार्थीहरुले २० हजार ६० रुपैया सहयोग गरेका छन । विद्यार्थीहरुले आफ्नो खाजा खर्च कटाएर पौडेलको उपचारका लागि सहयोग गरेका हुन् । कलेजमा अध्ययन गर्ने कक्षा ११ देखि स्नातक चौथो वर्ष सम्मका कक्षाहरुका विद्यार्थीले आफ्नो साथी शारदा पौडेलको बुवा मृगौला पीडित लुटुप्रसाद पौडेलको उपचारका लागि सहयोग गरेका हुन् ।help (1)कलेजको बि.बि.एस प्रथम बर्ष अग्रेजीबाट ८ हजार ७ सय ८५, बि.बि.एस प्रथम बर्ष नेपालीबाट २ हजार १ सय ९०, एघार एजुकेशनबाट १ हजार ७०, बि.बि.एस दाश्रो बर्ष अग्रेजीवाट ७ सय १०, विज्ञान संकाय कक्षा १२ बाट १ हजार ७ सय ४५ ब्याबस्थापन संकाय कक्षा १२ विबाट १ हजार ९०, ए बाट १ हजार एक सय, बि.बि.एस तेश्रो बर्षवाट १ हजार ३ सय ५५, ब्यबस्थापन संकाय कक्षा ११ वि बाट ९ सय २० र ए बाट १ हजार ९५ सहयोग प्राप्त भएको छ । कलेजले सोमबार विहान विद्यालयमा एक अनौपचारिक कार्यक्रमको आयोजना गरेर रकम हस्तान्तरण गरेको हो । कलेजका प्रिन्सीपल दानबहादुर केसी सहित शिक्षक विद्यार्थीहरुले सो रकम सहयोग गरेका हुन् ।

यस्तै घोराहीको मार्क कलेज परिवारले १४ हजार रुपैया सहयोग गरेको छ । मार्क कलेजको तर्फबाट ५ हजार पाँच सय रुपैया, नौलाबहादुर खड्काले ५ हजार, शंकरप्रसाद डाँगी, संजय बगाले, धनिराम न्यौपानेले एक एक हजार र यज्ञ केसीले ५ सय रुपैया गरी १४ हजार रुपैया सहयोग गर्नुभएको थियो । कलेजले पनि एक अनौपचारिक कार्यक्रम गरेर पौडेलकी छोरी शारदा पौडेललाई क्याम्पस प्रमुख शंकरप्रसाद डाँगी लगाएतका शिक्षकहरुले हस्तान्तरण गर्नुभएको हो ।

यसैगरी घोराहीको शान्ति निकेतनले पनि १० हजार ५ सय रुपैया सहयोग गरेको छ । कलेजका विद्यार्थीहरुले संकलन गरेको रकम उनिहरुले मृगौला पीडित पौडेलको उपचारका लागि सहयोग गरेका हुन् । विद्यालय अभिभावक संघका पुर्व अध्यक्ष समेत रहनु भएका मृगौला पीडित पौडेलको उपचारका लागि शान्ति निकेतनका विद्यार्थीहरुले रकम सहयोग गरेका हुन् । पीडित पौडेलकी छोरी शारदा पौडेलले सो विद्यालयबाट एसएलसी उत्तिर्ण गर्नुभएको थियो ।

विद्यालयमा एक कार्यक्रमको आयोजना गरेर विद्यालयका प्रिन्सीपल खगेश्वर पौडेल, भाईस प्रिन्सीपल टिका बस्नेत, प्रबन्ध निर्देशक सुनिल गौतम सहि विद्यार्थीहरुले शारदा पौडेललाई रकम हस्तान्तरण गर्नुभएको हो । साथै विद्यालयले दाङ देउखुरी होटल व्यवसायी समितिका महासचिब पौडेलको उपचारका लागि उद्योगी व्यवसायी संग सहयोगको लागि अनुरोध गरेको छ । होटल व्यवसायी तथा दाङ जिल्ला उद्योग बाणिज्य संघको पहलमा सहयोग भए महासचिब पौडेलको जीवन जोगिन सक्ने विद्यालयले बताएको छ ।

सहयोग गर्न चाहने इच्छुक व्यक्तिले पीडितको श्रीमती गायत्रा पौडेलको खाता नम्वर भएको कृषि विकास बैंकमा रहेको खाता नम्वर ०९१९४००४२३५११०१४ मा रकम जम्मा गरी सहयोग गर्न आग्रह गर्नुभको छ । त्यसैगरी मोवाइल नम्वर ९८४७८२५९५५ र ९८०६२८३००० मा पनि सम्र्पक गर्न सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*