Home / Feature Breaking news / दाङलाई एक स्वर्णसहित तीन पदक

दाङलाई एक स्वर्णसहित तीन पदक

दाङ,१२ फागुन । काभ्रेको बनेपा भएको ११ औं राष्ट्रिय जुनियर आईटिएफ तेक्वान्दो प्रतियोगितामा दाङले एक स्वर्णसहित तीन पदक जितेको छ । फागुनको १० र ११ गते भएको प्रतियोगितामा प्रदेश नं. ५ को प्रतिनिधित्व गर्दै सहभागी भएका खेलाडी आयुष्मा गिरीले स्वर्ण पदक हात पारेकी हुन । उनले १५–२० तौल समूहको खेलमा प्रदेश नं. ३ की खेलाडीलाई नकआउटको आधारमा हराउँदै स्वर्ण चुमेकी थिइन ।

त्यस्तै सरिता नेपालीले ४०–४५ तौल समूहमा रजत पदक प्राप्त गरेकी थिइन । उक्त तौलमा प्रदेश नं. ३ की खेलाडीले स्वर्ण जितेकी थिइन । प्रतियोगितामा ३५–४० तौल समूहको पुरुषतर्फ मिसन बुढामगरले काश्य पदक जित्न सफल भए । उनलाई प्रदेश नं. ४ का खेलाडीले हराएका थिए ।

उक्त प्रतियोगितामा दाङका ५ जना खेलाडीहरुले प्रदेश नं. ५ को प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए । प्रतियोगितामा प्रदेश नं. ३ टिम प्रथम, आयोजक टिम दोश्रो र प्रदेश नं. ५ तेश्रो भएका थिए । प्रतियोगिताका बिजेता खेलाडीहरुलाई ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।

बिजेता खेलाडीहरुलाई दाङ आईटिएफ तेक्वान्दो संघले सम्मान गर्ने भएको छ । संघले फागुन १७ गते शनिवारका दिन एक कार्यक्रमको आयोजना गरि प्रतियोगिताका बिजेता खेलाडीहरुलाई सम्मान गरिने संघका अध्यक्ष भीमबहादुर थापाले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*