Home / Feature Breaking news / दाङको बेलझुण्डीमा प्रदेश एक्स्पो सुरु

दाङको बेलझुण्डीमा प्रदेश एक्स्पो सुरु

दाङ, १० फागुन । दाङको बेलझुण्डीमा प्रदेश न ५ को एक्स्पो सुरु भएको छ । एक्स्पोको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गरेका हुन । प्रदेश एक्स्पोको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले एक्स्पो प्रदेशका हरेक स्थानीय तहले एक अर्काको विविधतालाई नजिकबाट नियाल्ने र त्यसको सही मुल्यांकन गर्ने प्रमुख आधार भएको बताएका छन ।

मुख्यमन्त्री पोख्रेलले प्रदेश नं. ५ मिनी नेपालको एक बिम्ब भएको समेत दावी गरे । अरू प्रदेश भन्दा प्रदेश ५ कानून निर्माण, विकास निर्माण तथा समृद्धिका थुप्रै आधार तयार गर्न सफल भएको मुख्यमन्त्री पोेख्रेलले दावी गरे । उनले स्थायी राजधानी र नामाकरणको अवस्थाले नागरिकमा ३ वटा आञ्चलिक मनोविज्ञान स्थापना हुन गएकोमा यसलाई चिर्न एक्स्पो कोशेढुंगा हुने विश्वास व्यक्त गरे । ‘प्रदेशको विकासका लागि अहिले लुम्बिनी, भेरी र राप्तीको ३ वटा आञ्चलिक मनोविज्ञानलाई चिरेर एउटै साझा मनोविज्ञान बनाउन आवश्यक छ’,मुख्यमन्त्री पोख्रेलले भने,‘क्षेत्रीय मानसिकताका आधारमा अघि बढ्न खोजे विकास हुन सक्दैन ।’ प्रदेश सरकारले बितेको २ वर्षमा थुप्रै काम गरेको समेत बताए ।

nacha

मुख्यमन्त्री पोख्रेलले प्रदेश सरकारले अहिलेसम्म ४८ वटा कानून निर्माणदेखि प्रशासनिक पूर्वाधारको विकासमा अग्रणी स्थानमा रहेको भन्दै यसक्षेत्रको विकास र समृद्धिमा अघि रहेको बताए । उनले प्रदेश एक्स्पोमार्फत प्रदेश सरकार र स्थानीय तहले गरेका काम नागरिकहरूले सहज रूपमा थाहा पाउने आधार रहेको बताए । कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले एक्स्पोले प्रदेशवासीलाई जोडन सफल भएको बताए ।

उनले प्रदेश सरकार र पालिकाहरुले गरेको काम जनतासामु पराउने अवसर भएको समेत बताए । ‘ प्रदेश एक्स्पो हुनु प्रदेशका लागि एउटा ठुलो अवसर हो’, एक्स्पो मुल आयोजक समितिका संयोजक समेत रहेका मन्त्री केसीले भने, ‘ यो एउटा सिकाई,अध्ययन र अवलोकन स्थान भएको छ ।’ प्रदेश एक्स्पोमा ३ सय ५० स्टल छन । स्टलमा प्रदेश नं. ५ का एक सय ९ वटा स्थानीय तहका विभिन्न कृषि उत्पादन, हस्ताकला, उद्योगबाट उत्पादित बस्तुहरु राखिएका छन । एक्स्पो फागुन १२ गतेसम्म चल्ने छ । कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाका विविधता झल्कने झाँकीहरु प्रस्तुत गरिएको थियो ।

s

lakhe

get

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*