Home / Feature Breaking news / कलश सहकारीद्धारा विद्यालयमा अक्षयकोष स्थापना

कलश सहकारीद्धारा विद्यालयमा अक्षयकोष स्थापना

दाङ,१६ फागुन । कलश बचत तथा ऋण सहकारी संस्था घोराही दाङले प्राथमीक विद्यालय गुरुवागाउँमा अक्षयकोष स्थापना गरेको छ ।

सामुदायीक विद्यालयमा अध्ययन गर्ने गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गर्नका लागि अक्षयकोष स्थापना गरेको हो । अक्षयकोषको रकम दश हजार रुपैयाँ संस्थाका अध्यक्ष बालचन्द्र शर्माले विद्यालयका प्रधानाध्यापक भगवती धिताललाई हस्तान्तरण गरेका थिए ।

शुक्रबार संस्थामा एक कार्यक्रमको आयोजना गरी अक्षयकोषको रकम विद्यालयलाई हस्तान्तरण गरिएको हो । यसअघि संस्थाले प्राथमीक विद्यालय घोरदौरा,प्राथमीक विद्यालय कर्जाही र आधारभूत विद्यालय गिठेपानीलाई प्रति विद्यालय दश हजारका दरले अक्षयकोषको रकम हस्तान्तरण गरेको थियो ।

सहकारी संस्थाको सामाजिक उत्तरदायीत्व अन्तर्गत हरेक वर्षको वार्षिक साधारणसभाको अवसरमा एउटा विद्यालयमा अक्षयकोष स्थापना गर्ने गरेको संस्थाका अध्यक्ष शर्माले जानकारी दिएका छन ।

संस्थाले स्थापना गरेको अक्षयकोषबाट सामुदायीक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको पढाइमा सहयोग पुगेको विद्यालयहरुले जनाएका छन् ।

मृत्यु राहत कोषको रकम प्रदान

त्यस्तै संस्थाका शेयर सदस्य स्वर्गीय दोर्ण बहादुर घर्ती मगरकी श्रीमती पंखि घर्तीलाई मृत्यु राहत वापतको रकम हस्तान्तरण गरिएको छ । संस्थाले सदस्यहरुको आपत विपतमा सहयोग गर्ने उद्धेश्यले स्थापीत सदस्य कल्याण कोषको रकमबाट घर्तीलाई पन्ध्र हजार रुपैयाँ प्रदान गरेको हो । युवाहरुको व्यवस्थापनमा विगत ५ वर्षदेखि नयाँ व्यवस्थापनका साथ संचालनमा रहेको कलश बचत तथा ऋण सहकारी संस्था ब्यालेन्स सिटको आधारमा दाङ जिल्लामै सातौं स्थानमा रहेको छ ।

उक्त संस्थामा विभिन्न आकर्षक बचत तथा ऋण कार्यक्रमहरु संचालनमा रहेको रकम हस्तान्तरण कार्यक्रममा जानकारी गराइएको थियो ।
कलश बचत तथा ऋण सहकारी संस्थाकाका अध्यक्ष बालचन्द्र शर्माको अध्यक्षतामा भएको रकम हस्तान्तरण कार्यक्रममा संस्थाका व्यवस्थापन प्रमूख शिबराज खनालले संस्थाले गरेका गतिविधिहरुका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा प्राथमीक विद्यालय गुरुवागाउँका प्रधानाध्यापक भगवती धिताल,पंखि घर्ती, लगाएतकाले बोलेका थिए । कार्यक्रमको सहजिकरण संस्थाका व्यवस्थापक प्रकाश अधिकारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*