Home / Feature Breaking news / निर्वाचनको पक्षमा छौ, डराएका छैनौ : संयुक्त व्यवसायी प्यानल

निर्वाचनको पक्षमा छौ, डराएका छैनौ : संयुक्त व्यवसायी प्यानल

दाङ, ३ असोज ।

संयुक्त गठबन्धन प्यानलले दाङ उद्योग बाणिज्य संघको निर्वाचनका लागि निर्वाचन समितिले गरेको निर्णय स्वागत योग्य भएको भन्दै निर्वाचनको तयारीमा जुट्न सम्पूर्ण उद्योग व्यवसायीलाई आग्रह गरेको छ ।

समुहले बुधवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर निर्वाचनका पक्षमा लाग्न व्यवसायीलाई आग्रह गरेको हो । निर्वाचनका क्रममा उम्मेदवारमाथि परेको उजुरी उपरको निर्णय गर्ने अधिकार निर्वाचन समितिलाई भएको र निर्वाचन समितिले गरेको निर्णय स्वागत योग्य भएको प्रजातान्त्रिक उद्यमी संघका अध्यक्ष कालीबहादुर खत्री (मानु) ले बताए । खत्रीले व्यवसायीक हकहितसँगै उद्योग बाणिज्य संघको गरिमालाई बचाईराख्नका लागि संयुक्त गठबन्धन बनाएर निर्माणमा लागेको बताए ।

‘व्यवसायीक हकहितसँगै सस्थाको गरिमालाई ख्याल गर्दै निर्वाचनका क्रममा आउन सक्ने चुनौतीलाई समाना गर्ने हिम्मत राखेर निर्वाचनमा जुटेका छौ’,अध्यक्ष खत्रीले भने- ‘निर्वाचनका क्रममा आउने चुनौतीसँग डराएर भाग्ने पक्षमा छैनौ ।’ साथै अध्यक्ष खत्रीले निर्वाचनको तयारीमा जुट्न सम्पूर्ण उद्योग तथा व्यवसायीहरुलाई आग्रह गरेका छन् । समग्र दाङको विकाससँगै उद्योग व्यवसायीहरुको हकहितका लागि भूमिका खेल्ने दाङ उद्योग बाणिज्य संघको निर्वाचनको तयारीमा जुटन नेपाल उद्योग व्यापार संगठनका संयोजक नारादमणि पोख्रेलले बताएका छन् ।

उनले सर्वसहमतिमै उद्योग बाणिज्य संघको नेतृत्व चयनको प्रयास भएको र सहमतिको प्रयास असफल भएकाले निर्वाचनको प्रक्रियामा जानु परेको भन्दै निर्वाचन समितिले गरेको निर्णय आफुहरुलाई मान्य भएको बताए । त्यसैगरी व्यवसायी श्याम सुवेदीले उद्योग बाणिज्य संघको निर्वाचनका लागि प्रक्रिया सुरु भैइसकेकाले निर्वाचनको विकल्प खोज्न नहुने बताए । ‘सहमितिको प्रयास असफल भएपछि हामी टिम बनाएर प्रजातान्त्रिक प्रक्रियामा सहभागी भएका हौ, निर्वाचन समितिको निर्देशन अनुसार अघि बढेका छौ’, उनले भने- ‘हामी निर्वाचन समितिको निर्णयलाई सम्मान गर्दै निर्वाचनको तयारीमा जुटेका छौ ।’ उनले रसिदका नाममा देखिएको विवाद, विवादभन्दा पनि डराएर भाग्न खोजेको जस्तो आफुलाई महशुस भएको बताए  ।
यहि असोजको १३ गते हुने दाङ जिल्ला उद्योग बाणिज्य संघको निर्वाचनमा संयुक्त गठबन्धन प्यानलबाट बसन्त जोशी अध्यक्षमा उठेका छन् । उनको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा नरेशकुमार श्रेष्ठ, उद्योग उपाध्यक्षमा भरतप्रसाद रेग्मी, बाणिज्य उपाध्यक्षमा लिलाराम खड्का, महासचिवमा महेन्द्र बुढाथोकी, सचिवमा विकास वली र कोषाध्यक्षमा जगतप्रसाद आचार्य,  सहकोषाध्यक्षमा माधव खनाल, उद्योग सदस्यमा विक्रम रानाको उम्मेदवारी परेको प्रजातान्त्रिक उद्यमी संघका महासचिव श्रीधर धितालले जानकारी दिनुभयो ।

त्यसैगरी महिला सदस्यमा लीला नेपाली, बस्तुगत सदस्यमा बिष्णुप्रसाद रिजाल, एशोसियट सदस्यमा युवराज पोख्रेल, खुल्ला सदस्यमा रुद्रबहादुर जैसी, दीपक पण्डित, निमबहादुर बुढाथोकी, युवराज पन्त, रामप्रसाद पोख्रेल, पुष्करराज न्यौपाने, नोर्बु तामाङ र सुरज बुढाथोकी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*