Home / Feature Breaking news / कांग्रेसका ईमान्दार कार्यकर्ता पौडेल भन्छन्ः ‘कांग्रेसका कारण म फुटपाथमा छु’

कांग्रेसका ईमान्दार कार्यकर्ता पौडेल भन्छन्ः ‘कांग्रेसका कारण म फुटपाथमा छु’

घोराही, २५ साउन
२०३६ सालमा भरतपुर विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिए उनी । कक्षा ७ मा पढ्दादेखी नै सुरु भयो राजनितिक यात्रा । कक्षा ७ मा पढ्दै गर्दा नेपाली कांग्रेसको भातृ संगठन नेविसंघमा आवद्ध भएः घनश्याम पौडेल । साविक रामपुर गाविस वडा नम्बर ९ हालको घोराही उपमहानगरपालिका १ सिमलताराका घनश्याम पौडेलको जीवनी, राजनीतिक यात्रा र व्यवसायिक जिवनका विषयमा लेख्दैछु ।

जनउत्थान समाज विकास केन्द्र दाङ(पिपीएसडिसी) को कार्यालयमा गएको समयमा केन्द्रमा रहेको फन्वोर्डको ग्रामीण खानेपानी परियोजनाका साथीहरु चिया नास्ताकालागी ठीक अपोजिट साईडमा रहेको डेरीमा गयौ हामी । डेरीमा पुग्दा साहुजी चिया बनाउनमा व्यस्त हुनुहुन्थ्यो । हामी करिब ८÷१० जना थियौ । चिया अडर गरेसँगै भर्खरै सकिएको स्थानीय तहको निर्वाचनका विषयमा कुरा खै कसले सुरु ग¥यो । हामी एक आपसमा कुरा गर्दै थियौ । साहुजी आफ्नै तालमा चिया बनाउदै हुनुहुन्थ्यो । हामीले कांग्रेसले हारेको विषयमा कुरा गर्दै थियौ ।

222]

त्यसै क्रममा साहुजी एक्कासी हाम्रो कुरामा जोडिदै भन्नुभयो– ‘कांग्रेस त खत्तम भयो, के कुरा गर्नु र, त्यही कांग्रेसले गर्दा म अहिले यो फुटपातमा छु ।’ उहाँले फुटपात भन्ने वित्तिकै मैले किन फुटपात होला र यति राम्रो आफ्नो व्यापार गर्नुभएको छ भनेर भने उहाँले होइन यो फुटपात नै हो भन्न थाल्नुभयो । कांग्रेसले तपाईलाई किन फुटपातमा ल्यायो त दाई भनेर सोध्दा उहाँले यसको बारेमा लामो कहानी छ सर भन्नुभयो । मलाई जान्न उत्सुकता लाग्यो । अनि मैले त्यसो भए तपाई कुन समयमा खाली हुनुहुन्छ त्यहि समयमा भेट्न आउछु भने । उहाँले विहान १० देखी १२ बजेसम्मको समय भन्नुभयो । यति कुरा हुदासम्म उहाँले हामीलाई चिया दिइसक्नुभएको थियो । चिया पियौ र डेरीबाट निस्कीयौ ।

त्यसको पछिल्लो दिन म उहाँलाई भेट्न जाने योजनामा थिए तर अन्य कुनै काममा व्यस्त भएका कारण जान सकेन । त्यसको २ दिनपछि म दिउसोको समयमा डेरीमा पुगे । त्यसदिन पनि म त्यहाँ जाँदा उहाँ व्यस्त नै हुनुहुन्थ्यो । मैले लेमन टी अडर गरे । उहाँले चिया बनाउदै मसँग कुरा सुरु गर्नुभयो । मैले सोध्दै गए उहाँले जवाफ दिनुभयो । उहाँले पहिले आफ्नो राजनितिक कुरा गर्नुभयो ।

५७ वर्षीय पौडेल २०३६ सालमा नेविसंघबाट राजनीतिक यात्रा सुरु गर्नुभएको अगाडी पनि उल्लेख गरिसके । त्यसपछि निरन्तरण नेपाली कांग्रेसको पक्षमा काम गर्न थाल्नुभयोे । उहाँको एक विशेषता भनेको कसैलाई दुःख परेको बेलामा गाँउ समाजमा सक्रियताका साथ सहयोग गर्ने । जुन समयमा जहाँ भएपनि कांग्रेसको पक्षको प्रचारमा लाग्नुभयो । पार्टिका लागि भनेपछि घनश्याम सधै समयमा पनि उपस्थित हुनुभयो । उहाँ पार्टिको साधारण सदस्य भएर लामो समय काम गर्नुभयो ।

२०५२ सालमा पार्टिको क्रियाशील सदस्यता लिनुभयो । अहिले पनि क्रियाशील सदस्य हुनुहुन्छ । एक कार्यकाल साविक रामपुर गाविसमा कांग्रेसको उपाध्यक्ष भएर काम पनि गर्नुभयो । निर्वाचन कुनै पनि निर्वाचनमा उहाँको सक्रिय सहभागिता हुन्छ । असार १४ गते भएको निर्वाचनमा पनि उहाँ सक्रिय रुपमा लाग्नुभयो । ३ वर्षदेखी व्यापारमा लाग्नुभएका पौडेलले कहिलेकाही सोच्नुहुन्छ पसल चलाउने हो निर्वाचनको प्रचारमा अब जादैन भनेर तर मनले मान्दैन अरे निर्वाचन आयो भने मनमा खुल्दुली भईरहन्छ । मनले मान्दै मान्दैन अनि जानुहुन्छ प्रचारमा । असार १४ गतेको निर्वाचमा पनि पनि एक हप्ताभन्दा धेरै पसलमै नआएर प्रचारमा खटिनुभयो ।

पौडेलले २२ वर्ष स्वास्थ्यकर्मी भएर काम गर्नुभयो । रामपुरमा लामो समयसम्म आफै मेडिकल सञ्चालन गर्नुभयो । रामपुरमा मेडिकल सञ्चालन गर्नुभएका पौडेलले यो समयमा कांग्रेसमा आवद्ध भएका कारण नै धेरै दुःख भोग्नुप¥यो । त्यो समयमा तत्कालिन माओवादीले कांग्रेसलाई टार्गेट गरेर दुःख दिने गरेको उहाँको अनुभव छ । मेडिकलमा भएको समयमा कहिले कार्यक्रममा जान दबाब दिने र कहिले माओवादीको उपचारमा जान दबाब दिएको उहाँ बताउनुहुन्छ । साचो कुरालाई गलत र गलतलाई साचो भन्न नसक्ने आफ्नो बानी भएको भन्दै उहाँले भन्नुभयो– ‘कालोलाई सेतो र सेतोलाईलाई कालो भन्न नसक्ने बानी छ मेरो, अनि मलाई उनीहरुले समस्यामा पार्न खोजे ।’

शारिरिक यातना नदिएपनि कुटपिट नगरे पनि मानसिक यातना दिने गरे तत्कालीन माओवादीले । घरमा पनि आएर दुःख दिएपछि उहाँले निधो गनुृभयो विदेश जाने । विदेश गएपछि उनीहरुको दुःख सहनु त पर्दैन भन्ने । त्यसपछि मेडिकल छाडेर विदेश जानुभयो । त्यो पसल पछि अरु कसैले किन्यो । विदेश जानकालागि उहाँ मेनपावर कम्पनी धाउन थाल्नुभयो । तर ३ पटक मेनपावर कम्पनीले उमेरमा असक्षम भन्दै फिर्ता ग¥यो तर चौथो पटकमा उहाँ साक्षम बन्नुभयो र मलेशिया जानुभयो । मलेशिया पुग्नुभएका पौडेलले ५ वर्षसम्म फर्म कम्पनीमा अपरेटिङको काम गर्नुभयो । विदेश पनि खासै कमाई भएन । २०६२ सालमा विदेशीनुभएका पौडेल २०६७ सालमा नेपाल फर्कनुभयो । फर्केको केही वर्ष घरमै बस्नुभयो ।

घोराही उपमहानगरपालिका १४ मा रहेको त्रिपुरा टोलमा उहाँको डेरी पसल छ । उहाँ मीठो चिया पनि बनाउनुहुन्छ । सधै भिडभाड हुने पसलमा उहाँ विहानदेखी बेलुकासम्म व्यस्त हुने गर्नुहुन्छ । जनउत्थान समाज विकास केन्द्रको नजिकै रहेको यो पसल घोराही बजारको उत्कृष्टमध्य एक डेरी हो । व्यापार पनि सन्तोषजनक रहेको उहाँ बताउनुहुन्छ । तर आफूलाई फुटपातमा कांग्रेसले नै ल्याएको उहाँको बुझाई छ । ‘मलाई कांग्रेसले यो फुटपातमा ल्याएको हो’ उनले भने– ‘यदि म कांग्रेस हुदैन थिए भने माओवादीले दुख दिदैन थिए र म विस्तापीत हुदैन थिए अनि यहाँ त हुदैन थिए नि ?’

जिवन र राजनितिका धेरै कुरा गरिसकेपछि मैले पहिले र अहिले के फरक पाउनुभएको छ भनेर सोध्दा उहाँले पहिले संगठन राम्रो, बलियो, एकता, मायाप्रेम, सद्भाव भएको भएपनि अहिलेको समयमा त्यो नपाएको उहाँको भनाई छ । त्यो बेलाको राम्रो पार्टि अहिले अस्तव्यस्त भएको, व्यक्तीवादी राजनीति हावी भएको, पैसावादी राजनिती भएको, गुटले पार्टिलाई गलाउदै लगेको उहाँको बुझाई छ ।

पार्टिको अवश्या देखेर आफू एकदम निरास हुने कहिले रिस उठ्ने भएकाले कहिलेकाही मनभित्र गुम्सीएको पिडालाई कम गर्न पार्टि र नेतालाई गाली गरेर चित्त बुझाउने गरेको उहाँले जानकारी दिनुभयो । साथै पार्टिभित्रको गुटबन्दीमात्र समाप्त पार्न सकेमा पार्टिको समस्या समाधान हुने उहाँले सुझाव दिनुभयो ।
पछिल्लो समयमा स्थानीय तहको निर्वाचनमा कांग्रेसले हार्नुृका कारणहरुमा उहाँले विभिन्न कारण औल्याउनुभयो । कांग्रेसले उमेद्वार चयनमा ढिलाई गर्नु, २०७० सालको निर्वाचनका क्रममा गाँउमा गएर विकासका आश्वासन बाढेका सांसदहरु विजयीपछि गाँउमा नफर्किनु, पार्टिभित्रको गुटबन्दीले अन्तरघात र पार्टिको नेतृत्व गर्ने व्यक्तीको असक्षमताले पार्टिले हार बेहोर्नुपरेको पौडेलले बताउनुभयो । नेतृत्वकर्ताहरु गम्भीर भएर पार्टिका कमजोरी सुधार्नकालागी लाग्नुपर्ने भन्दै पौडेलले सबै नेता कार्यकर्ता ईमान्दार बन्न आवश्यक भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*