दाङ, २६ साउन
नृत्य क्षेत्रको विकास तथा नवप्रतिभाहरुको उन्नयनको उद्देश्यसहित विगत चारवर्षदेखि निरन्तररुपमा सञ्चालन हुँदै आएको राप्ती अञ्चल स्तरिय खुल्ला नृत्य प्रतियोगिता उत्सर्ग डान्सिङ स्टारको चौथो संस्करण श्रावण ३० देखि सुरु हुने भएको छ ।
राप्तीमा सर्वाधिक लोकप्रिय तथा प्रतिष्ठित प्रतियोगिताको रुपमा रहेको उत्सर्ग डान्सिङ स्टारमा नृत्य विधाका सबै उमेर समूहका व्यक्तिहरुले भाग लिन पाउने व्यवस्था गरिएको आयोजक संस्था उत्सर्ग फिल्मस् नेपालका प्रबन्ध निर्देशक केएल पीडितले बताउनु भयो ।
प्रतियोगिताको विजेतालाई नगद ५० हजार रुपैया सहित विविध अवसरहरु प्रदान गरिने भएको छ भने उत्कृष्ट पाँच प्रतिभाहरुलाई समेत आकर्षक पुरस्कार तथा अवसरहरुको व्यवस्था गरिएको छ । राप्तीका बिभिन्न भागहरुमा अडिसनको आयोजना गरिने भएको छ । अडिसनका लागि कुनै शुल्क लाग्ने छैन ।