Home / Feature Breaking news / कांग्रेसलेमात्र विकास गर्छः गिरी

कांग्रेसलेमात्र विकास गर्छः गिरी

दाङ, २३ कार्तिक
नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले कांग्रेसले मात्र विकास र समृद्धि ल्याउन सक्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस तुल्सीपुर उपमहानगरपालिका वडा नम्वर ६ ईकाइ समितिले आयोजना गरेको चुनावी कोण सभालाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका गिरीले विकास र समृद्धिको पर्यायवाची पार्टि कांग्रेस भएको बताउनुभयो ।

नेपाल र नेपालीका लागी सधै लागीपर्ने पार्टि कांग्रेस भएकाले कांग्रेसको पक्षमा मतदान गर्न गिरीले अनुरोध गर्नुभएको छ ।

निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार गिरीले दांङलाई प्रादेशीक राजधानी बनाउन कांग्रेसले माध्यम तयार गरिरहेको बताउनुभयो । ‘प्रादेशीक राजधानीका साथै समृद्ध दांगका लागी सिंचाई, सडक लगायत समग्र विकासका लागी नेपाली कांग्रेसको विकल्प छैन ।’ उहाँले भन्नुभयो ।

कार्यक्रममा श्रम तथा रोजगार राज्य मन्त्रि डिल्लीबहादुर चौधरीले विकास र गरिबी निवारणका लागी नेपाली कांग्रेसलाई मतदान गर्न अपिल गर्नुभयो ।

क्षेत्र नम्बर ३ को १ नम्वरका प्रदेश सभा सदस्यका उम्मेदवार चौधरीले खोलानाला, पुल पुलेसा भत्काउने पार्टि होईन बनाउने पार्टिलाई मतदान गरे मात्र दांङले विकासमा फड्को मार्ने दाबी गर्नुभयो । कांग्रेसलाई भोट हाले जनताको शिर कहिल्यै पनि झुक्न नदिने प्रतिवद्धता व्यक्त गर्दै उहाँले विकासप्रेमी र व्यक्ती चिनेर मतदान गर्न मतदाताहरुमा आह्वान गर्नुभयो ।

कार्यक्रमलाई सम्वोधन गर्दै पुर्व सांसद गेहेन्द्र गिरी, कांग्रेस दांगका सभापति कृति वहादुर खड्का, समानुपातिक सांसदका उम्मेदवार महादेव शाह लगायतले नेपाली कांग्रेस पुर्ण रुपमा एक ढिक्का भईसकेकाले अब दाङमा कुनै पनि कम्युनिष्ट शक्तिले प्रतिस्पर्धा गर्न नसक्ने दाबी गर्नुभएको थियो । त्यस अवसरमा विभिन्न पार्टि परित्याग गरि झण्डै २ दर्जन व्यक्तीहरु नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

क्षेत्र नम्बर ३ को २ नम्वरका प्रदेश सभा सदस्यका उम्मेदवार बुद्धिराम भण्डारीले पनि अगुवा कार्यकर्ता भेटघाटमा व्यस्त रहनुभएको छ ।

आफ्नो क्षेत्रका विभिन्न स्थानमा भएका कार्यक्रममा बोल्दै भण्डारीले कांग्रेसको नेतृत्वमा संविधान जारी भएकाले त्यसको कार्यान्वयनकालागि कांग्रेसकै नेतृत्व आवश्यक भएको बताउनुभयो । लोकतन्त्रको रक्षादेखी संविधान कार्यान्वयन अहिलेको आवश्यकता भएको हुदाँ कांग्रेसको पक्षमा मतदान गरेर विजयी बनाउन उहाँले मतदाताहरुलाई अनुरोध पनि गर्नुभएको छ ।

भण्डारीले जिल्लाको पश्चिम क्षेत्र सधै विकासबाट वञ्चीत भईरहेकाले यस क्षेत्रको विकास अब कांग्रेसले गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*