दाङ, २३ कार्तिक
नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले चुनावी प्रचारलाई तीव्र पारेको छ । वुधवार राजपुर, धर्ना र वेलामा अगुवा कार्यकर्ता भेटघाटसँगै प्रचारप्रसार गरेको यस क्षेत्रका उमेद्वारहरु प्रतिनीधिसभा उम्मेदवार सुशीला चौधरी र प्रदेश सभा क का उम्मेदवार जानकीलाल बस्नेत लगायत पार्टीका नेताहरुले आज विहीवार सिमलतारा, रामपुर, लक्ष्मीपुर, बालापुरका मतदाताहरुसँग भेटघाट गरेका छन् ।
घोराही उपमहानगरपालिका २ बालापुरमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने नेताहरुले जिल्लाको आर्थिक समृद्धिका लागि काग्रेसको विकल्प नभएको बताएका थिए ।
काग्रेसले राजनीतिक परिवर्तनसँगै दाङको विकास लागि नेपाली काग्रेसले सडक, शिक्षा, स्वास्थ्य, विद्युत्लगायतका विकास योजनाहरु कांग्रेसले नै ल्याएको भन्दै मतदाताहरुलाई काग्रेसको पक्षमा मतदान गर्न आग्रह गरेका छन् । उनीहरुले दाङलाई प्रादेशीक राजधानी बनाउनकालागि कांग्रेसले पहिलो ऐजेण्डाको रुपमा लिएको बताउनुभयो ।
साविक रामपुर गाविसका ईकाई सभापति रेवतीरमण शर्माको अध्यक्ष तथा नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा समानुपातिक उम्मेदवार पार्वती डिसी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै नेपाली काग्रेस क्षेत्र नम्वर १ प्रतिनिधिसभा उम्मेदवार सुशीला चौधरीले क्षेत्र नम्बर एकका जनताको आर्थिक समृद्धिकालागि आफुले विशेष योजना ल्याउने बताउनुभयो ।
अघिल्लो निर्वाचनमा आँफू यसै क्षेत्रबाट निर्वाचित भएर संविधान निर्माणसँगै यस क्षेत्रको विकासमा सक्यो सहयोग गरेको भन्दै उम्मेदवार चौधरीले अहिले निर्वाचनमा जिते आफ्नो ध्यान जनताको आर्थिक समृद्धिसँगै भौगोलिक विकासमा केन्द्रीय हुने बताउनुभयो ।
यस क्षेत्रमा अझै पनि सडक, शिक्षा, स्वास्थ्य लगायतका विकास पूर्वाधारहरु आवश्यक रहेको भन्दै चौधरीले जनताका समस्याहरुलाई योजनावद्ध रुपमा अघि बढाउने चौधरीले बताउनुभयो ।
कार्यक्रममा क्षेत्र नम्वर १ (२) प्रदेशसभाका उम्मेदवार उम्मेदवार जानकीलाल बस्नेतले दाङका प्रादेशिक राजधानीसँगै क्षेत्र नम्वर १ को भौतिक विकासमा आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । नेपाली काग्रेसकै पहलमा जिल्लामा धेरै विकास निर्माण भएको स्मणर प्रदेश उम्मेदवार बस्नेतले आफुले जिते विकास निर्माण नै प्राथमिकतामा पर्ने उहाँको भनाई थियो ।
आफुलाई कम्युनिष्टहरुले जस्तो चिल्ला कुरा गरेर ढाट्न नआउने भन्दै बस्नेतले आफुले चुनाव जिते बबई खोलाहरुमा पुल, सडक पिच, कृषिको विकास लागि सिचाईको व्यवस्था गरिदिने भन्दै मतदाताहरुलाई कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो ।
त्यस्तै कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले अहिलेको निर्वाचन लोकतन्त्रवादी र कम्युनिष्टहरुका विचमा भएकाले चुनावमा लोकतन्त्रवादीहरुलाई मतदान गरि बिजयी गराउन आग्रह गर्नुभयो ।
कार्यक्रममा पूर्व सांसद कृष्णकिशोर घिमिरे, पूर्व सांसद अनिता देवकोटा, क्षेत्र नम्वर २ (१) का प्रदेशसभा उम्मेदवार कमलकिशोर घिमिरे, नेपाली काग्रेस क्षेत्र नम्वर ३ का सभापति भूपबहादुर डागी, नेपाली क्षेत्र न १ का सभापति भेषराज पाण्डे, जिल्ला सदस्य गोबिन्द रेग्मीलगायतले जनतालाई नेपाली काग्रेसलाई मतदान गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा स्थानीयवासीहरुले आफ्नो ठाउँ सदरमुकाम घोराही नजिकै रहेपनि बिकासका योजनाहरु नपर्दा रामपुरका बिकट बस्तीलाई बन्न पुगेका, नेताहरुले वेवास्ता गर्दा स्थानीय चुनावमा काग्रेसकाले हार्न पुगेको भन्दै नेताहरुलाई आपसी मतभेद त्यागेर निर्वाचन लाग्न आग्रह गरेका थिए । भोली शुक्रवार पनि क्षेत्र नम्बर १ को प्रचार अभियान रामपुर क्षेत्रमा हुने प्रचार समितिले बताएको छ ।