Home / Feature Breaking news / जिल्लाको समृद्धि कांग्रेसबाटमात्र सम्भवः खनाल

जिल्लाको समृद्धि कांग्रेसबाटमात्र सम्भवः खनाल

दाङ, २३ कार्तिक
प्रतिनीधी सभा सदस्यका उमेद्वार राजु खनालले जिल्लाको समृद्धि नेपाली काग्रेसले मात्र गर्न सक्ने बताउनुभएको छ ।

चुनावी प्रचार प्रसार कार्यक्रम अन्तर्गत विहिवार विहान घोराही उपमहानगरपालिका ४ लक्ष्मीपुरमा लक्ष्मीपुर पुग्नु भएका क्षेत्र नम्वर २ का प्रतिनिधिसभा उम्मेदवार राजु खनालले जिल्लालाई समृद्ध बनाउने काम कांग्रेसलेमात्र गर्न सक्ने बताउनुर्भको हो ।

नेपाली काग्रेसकै नेतृत्वमा सरकारले दाङको विकासका लागि सडक, शिक्षा, स्वास्थ्य, विद्युत, सिचाईका क्षेत्रमा महत्वपुर्ण काम गरेपनि प्रचार नहुँदा अन्य दलहरुले आँपूmले गरेको भन्दै प्रचार प्रसार गरेर जनताहरुलाई झुक्याउने गरेको बताउनुभयो ।

‘जिल्लाको सम्पुर्ण विकास नेपाली काग्रेसका नेताहरुद्धय खुमबहादुर खड्का र बलदेव शर्मा मजगैयाको पहलमै भएको हो । कम्युनिष्टहरुबाट जिल्लाको विकास भएको छैन ।’ खनालले भन्नुभयो– ‘दङगाली जनताले अघिल्लो संविधानसभामा माओवादीका उम्मेदवारलाई जिताए र सत्तामा पु¥याए खै के पाँए, २०७० मा कांग्रेसलाई तपाईहरुले जिताएर पठाउनुभयो ।

त्यसपछि जिल्लाको धेरै विकास भएका तपाईसामु छलङ्गै छ ।’ जिल्लाको विकास काग्रेसबाटै सम्भव भएकोले जिल्लाबासीहरुले कांग्रेसलाई मत दिनुस् । ‘केही दलका नेताले दाङलाई चुनाव लड्ने र सत्तामा पुग्ने भ¥याङमात्र बनाईरहेका छन्’ खनालले भन्नुभयो–‘ टुरिष्ट नेताहरुले दाङको विकास कसरी गर्छन् ।’

क्षेत्र नम्वर २ (१) का उम्मेदवार कमलकिशोर घिमिरेले यस क्षेत्रको हरेक विषयमा आफू जानकार रहेको भन्दै प्रत्यक क्षेत्रको विकासकालागि स्थानीय नेतालाई नेतृत्व गर्ने अवसर दिन मतदाताहरुलाई अनुरोध गर्नुभएको छ ।

निर्वाचन प्रचार कार्यक्रम अन्तरगत भएका कार्यक्रमहरुमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । ‘यो क्षेत्रमा हुर्केको, यही क्षेत्रको माटोमा खेलेको म, सधै तपाईहरुको सुखदुखमा सँगै छु’ उनले भने–‘त्यसैले मलाई मत दिएर नेतृत्व गर्ने अवसर दिनुस् ।

यो क्षेत्रको विकासमा म सधै तपाईहरुसँगै हुनेछु ।’ देशका हरेक परिवर्तनमा कांग्रेसको नेतृत्वले भूमीका खेलेकाले अहिले फेरि कांग्रेसको नेतृत्व नै आवश्यक भएको उहाँले बताउनुभयो ।

‘काग्रेस कै पहलमा देशमा लोकतन्त्र, गणतन्त्र स्थापनादेखि संविधान निर्माण गर्न कांग्रेसको महत्वपूर्ण भूमीका रहेकाले अब संविधानको कार्यान्ववनसँगै दिगो शान्तिकोलागी कांग्रेसकै नेतृत्व आवश्यक छ । यसकालालागि जनताले काग्रेसलाई बिजयी बनाउनुपर्नेछ ।’ घिमीरेले भन्नुभयो ।

क्षेत्र नम्वर २ प्रदेश क्षेत्र नम्बर (२) का उम्मेदवार भरतबहादुर न्यौपानेले लोकतन्त्र र संविधान नै खतरामा पर्न नदिनले नेतृत्व लिन आवश्यक भएको बताउनुभयो । घोराही उपमहानगरपालिका १६ का विभिन्न स्थानमा भएको कार्यक्रममा बोल्दै न्यौपानेले यस्तो बताउनुभएको हो ।

लोकतन्त्रको रक्षा र संविधान कार्यान्वयनकालागि कांग्रेसले जित्न अत्यावश्यक रहेको न्यौपानको भनाई छ । लोकतन्त्रका रक्षकहरु र अधिनायकवादबीचको जनमत संग्रहको रुपमा अहिलेको निर्वाचन रहेको न्यौपानेले बताउनुभयो ।

‘यो निर्वाचन लोकतन्त्रका रक्षकहरु र अधिनायकवादबीचको जनमत संग्रह हो’ न्यौपानेले भन्नुभयो–‘के रोज्नुहुन्छ तपाईहरुको जिम्मामा छ ।’ जसले कहिले पनि जनताको सुखदुखमा साथ दिएन उही व्यक्ती अहिले टुरिष्टको रुपमा उमेद्वार हुने प्रचालनको अन्त्यकालागि पनि यस पटक मतदाताहरु सचेत भएर स्थानीय नेतालाई मतदान गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रमका अन्य वक्ताहरुले काग्रेसमा भएको गुटउपगुटका कारण स्थानीय तहको निर्वाचनमा काग्रेसले हार बेर्होनु परेको तितो यथार्थ भोगाई सुनाउदै अहिलेको कांग्रेसको एकताले जित सुनिश्चीत भएको बताउनुभयो । देशमा प्रजातन्त्रवादी शक्तिलाई बिजयी गराउदै संविधान कार्यान्वय र स्थायी शान्तिका लागि लोकतन्त्रवादी शक्ति बिजयी हुनुपर्ने सर्वसाधारणहरुको भनाई छ । तल्लो स्तरका जनताका समस्यामा कांग्रेसले साथ दिएको भन्दै आगमी दिनमा पनि साथ दिन उनीहरुले अनुरोध पनि गरेका थिए ।
काग्रेसका पूर्व सांसदहरु अनिता देवकोटा, कृष्णकिशोर घिमिरे, समानुपातिक उम्मेदवार अर्जुनकुमार श्रेष्ठ, सावित्रा राना, पुष्पा वादी, कांग्रेसका पूर्व जिल्ला सभापतिहरु विरकेशरी गौतम, घनश्याम रेग्मी, कांग्रेस दाङ साविक क्षेत्र नम्वर ३ का सभापति भुपबहादुर डाँगी, २ का सभापति गिरिराज सुवेदी, क्षेत्रीय सचिव बद्रिकुमार खड्का लगायतले कार्यक्रमहरुमा कांग्रेसको पक्षमा मतदान गर्न मतदाताहरुलाई अनुरोध गर्नुभएको थियो ।

यस क्षेत्रका उमेद्वारहरुले भोली शुक्रवार घोराही उपमहानगरपालिकाको वडा नम्बर ११ र १२ मा चुनावी प्रचार कार्यक्रम हुने प्रचारप्रसार समितिका संयोजक भुपबहादुर डाँगीले जानकारी दिनुभयो ।

सांस्कृतिक उपसमिति विस्तार
दाङ निर्वाचन क्षेत्र नम्बर २ मा गठन गरिएको सांस्कृतिक उपसमितिको विस्तार गरिएको छ । नेपाल सांस्कृतिक संघको आज घोराहीमा बसेको बैठकले उपसमिति विस्तार गरेको हो ।

बैठकले जिल्ला सचिव राजेन्द्र दाहाल संयोजक रहेको सांस्कृतिक उपसमिति विस्तार गरेको छ । जसको सदस्यहरुमा प्रेम शर्मा, लक्ष्मीमान चौधरी, शिव श्रेष्ठ, रामसिंह बिक, बलदेव मल्ल रहनुभएको छ ।

यसैबीच नेपाली कांग्रेस साविक त्रिपुरको वडा नम्बर १२ मा प्रचारप्रसार समिति गठन गरिएको छ । ईकाई सभापति नोखीराम केसी संयोजक रहेको प्रचारप्रसार समिति गठन गरिएको छ ।

साथै वडा तथा गाँउ टोलमा पनि प्रचार समिति गठन गरिएको ईकाई समितिले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*