Home / Feature Breaking news / कांग्रेस दाङको गाँउकेन्द्रित चुनावी प्रचार अभियान तीव्र

कांग्रेस दाङको गाँउकेन्द्रित चुनावी प्रचार अभियान तीव्र

दाङ, २३ कार्तिक
आगामी मंसीर २१ गते हुने प्रतिनीधी सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनकालागि का.ग्रेस दाङले चुनावी कार्यक्रम तीवं्र रुपमा गाँउ केन्द्रित गरेको छ ।

जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका उमेद्वारहरु चुनावी प्रचार कार्यक्रम अन्तरगत गाँउगाँउमा पुगेर मतदाताहरुसँग मत माग्नमा व्यस्त रहेका छन् ।

निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्यका उमेद्वार सुशीला चौधरी, २ का उमेद्वार राजु खनाल र ३ का उमेद्वार दिपक गिरी एवं निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश १ का उमेद्वार प्रदिप थापा, २ का उमेद्वार जानकीलाल बस्नेत, निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश १ का कमलकिशोर घिमीरे, प्रदेश २ का उमेद्वार भरतबहादुर न्यौपाने, निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश १ का उमेद्वार डिल्लीबहादुर चौधरी र प्रदेश २ का उमेद्वार बुद्धिराम भण्डारीले चुनावी प्रचारलाई तीव्र बनाउदै गाँउगाँउमा मतदाताहरुसँग भेटघाट गरिरहनुभएको छ ।

मत आफ्नो पक्षमा पार्नकालागि कांग्रेसले हालसम्म गरेका उपलब्धीमूलक कामको बारेमा जानकारी गराउदै आगामी दिनका आफ्ना एजेण्डाका बारेमा जानकारी गराउदै उमेद्वारहरु मत माग्नमा व्यस्त छन् ।

जिल्लाको समृद्धि कांग्रेसबाटमात्र सम्भवः खनाल

प्रतिनीधी सभा सदस्यका उमेद्वार राजु खनालले जिल्लाको समृद्धि नेपाली काग्रेसले मात्र गर्न सक्ने बताउनुभएको छ ।

चुनावी प्रचार प्रसार कार्यक्रम अन्तर्गत विहिवार विहान घोराही उपमहानगरपालिका ४ लक्ष्मीपुरमा लक्ष्मीपुर पुग्नु भएका क्षेत्र नम्वर २ का प्रतिनिधिसभा उम्मेदवार राजु खनालले जिल्लालाई समृद्ध बनाउने काम कांग्रेसलेमात्र गर्न सक्ने बताउनुर्भको हो ।

नेपाली काग्रेसकै नेतृत्वमा सरकारले दाङको विकासका लागि सडक, शिक्षा, स्वास्थ्य, विद्युत, सिचाईका क्षेत्रमा महत्वपुर्ण काम गरेपनि प्रचार नहुँदा अन्य दलहरुले आँपूmले गरेको भन्दै प्रचार प्रसार गरेर जनताहरुलाई झुक्याउने गरेको बताउनुभयो ।

‘जिल्लाको सम्पुर्ण विकास नेपाली काग्रेसका नेताहरुद्धय खुमबहादुर खड्का र बलदेव शर्मा मजगैयाको पहलमै भएको हो । कम्युनिष्टहरुबाट जिल्लाको विकास भएको छैन ।’ खनालले भन्नुभयो– ‘दङगाली जनताले अघिल्लो संविधानसभामा माओवादीका उम्मेदवारलाई जिताए र सत्तामा पु¥याए खै के पाँए, २०७० मा कांग्रेसलाई तपाईहरुले जिताएर पठाउनुभयो । त्यसपछि जिल्लाको धेरै विकास भएका तपाईसामु छलङ्गै छ ।’ जिल्लाको विकास काग्रेसबाटै सम्भव भएकोले जिल्लाबासीहरुले कांग्रेसलाई मत दिनुस् ।

‘केही दलका नेताले दाङलाई चुनाव लड्ने र सत्तामा पुग्ने भ¥याङमात्र बनाईरहेका छन्’ खनालले भन्नुभयो–‘ टुरिष्ट नेताहरुले दाङको विकास कसरी गर्छन् ।’
क्षेत्र नम्वर २ (१) का उम्मेदवार कमलकिशोर घिमिरेले यस क्षेत्रको हरेक विषयमा आफू जानकार रहेको भन्दै प्रत्यक क्षेत्रको विकासकालागि स्थानीय नेतालाई नेतृत्व गर्ने अवसर दिन मतदाताहरुलाई अनुरोध गर्नुभएको छ ।

निर्वाचन प्रचार कार्यक्रम अन्तरगत भएका कार्यक्रमहरुमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । ‘यो क्षेत्रमा हुर्केको, यही क्षेत्रको माटोमा खेलेको म, सधै तपाईहरुको सुखदुखमा सँगै छु’ उनले भने–‘त्यसैले मलाई मत दिएर नेतृत्व गर्ने अवसर दिनुस् । यो क्षेत्रको विकासमा म सधै तपाईहरुसँगै हुनेछु ।’ देशका हरेक परिवर्तनमा कांग्रेसको नेतृत्वले भूमीका खेलेकाले अहिले फेरि कांग्रेसको नेतृत्व नै आवश्यक भएको उहाँले बताउनुभयो ।

‘काग्रेस कै पहलमा देशमा लोकतन्त्र, गणतन्त्र स्थापनादेखि संविधान निर्माण गर्न कांग्रेसको महत्वपूर्ण भूमीका रहेकाले अब संविधानको कार्यान्ववनसँगै दिगो शान्तिकोलागी कांग्रेसकै नेतृत्व आवश्यक छ । यसकालालागि जनताले काग्रेसलाई बिजयी बनाउनुपर्नेछ ।’ घिमीरेले भन्नुभयो ।

क्षेत्र नम्वर २ प्रदेश क्षेत्र नम्बर (२) का उम्मेदवार भरतबहादुर न्यौपानेले लोकतन्त्र र संविधान नै खतरामा पर्न नदिनले नेतृत्व लिन आवश्यक भएको बताउनुभयो । घोराही उपमहानगरपालिका १६ का विभिन्न स्थानमा भएको कार्यक्रममा बोल्दै न्यौपानेले यस्तो बताउनुभएको हो ।

लोकतन्त्रको रक्षा र संविधान कार्यान्वयनकालागि कांग्रेसले जित्न अत्यावश्यक रहेको न्यौपानको भनाई छ । लोकतन्त्रका रक्षकहरु र अधिनायकवादबीचको जनमत संग्रहको रुपमा अहिलेको निर्वाचन रहेको न्यौपानेले बताउनुभयो ।

‘यो निर्वाचन लोकतन्त्रका रक्षकहरु र अधिनायकवादबीचको जनमत संग्रह हो’ न्यौपानेले भन्नुभयो–‘के रोज्नुहुन्छ तपाईहरुको जिम्मामा छ ।’ जसले कहिले पनि जनताको सुखदुखमा साथ दिएन उही व्यक्ती अहिले टुरिष्टको रुपमा उमेद्वार हुने प्रचालनको अन्त्यकालागि पनि यस पटक मतदाताहरु सचेत भएर स्थानीय नेतालाई मतदान गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रमका अन्य वक्ताहरुले काग्रेसमा भएको गुटउपगुटका कारण स्थानीय तहको निर्वाचनमा काग्रेसले हार बेर्होनु परेको तितो यथार्थ भोगाई सुनाउदै अहिलेको कांग्रेसको एकताले जित सुनिश्चीत भएको बताउनुभयो ।

देशमा प्रजातन्त्रवादी शक्तिलाई बिजयी गराउदै संविधान कार्यान्वय र स्थायी शान्तिका लागि लोकतन्त्रवादी शक्ति बिजयी हुनुपर्ने सर्वसाधारणहरुको भनाई छ । तल्लो स्तरका जनताका समस्यामा कांग्रेसले साथ दिएको भन्दै आगमी दिनमा पनि साथ दिन उनीहरुले अनुरोध पनि गरेका थिए ।

काग्रेसका पूर्व सांसदहरु अनिता देवकोटा, कृष्णकिशोर घिमिरे, समानुपातिक उम्मेदवार अर्जुनकुमार श्रेष्ठ, सावित्रा राना, पुष्पा वादी, कांग्रेसका पूर्व जिल्ला सभापतिहरु विरकेशरी गौतम, घनश्याम रेग्मी, कांग्रेस दाङ साविक क्षेत्र नम्वर ३ का सभापति भुपबहादुर डाँगी, २ का सभापति गिरिराज सुवेदी, क्षेत्रीय सचिव बद्रिकुमार खड्का लगायतले कार्यक्रमहरुमा कांग्रेसको पक्षमा मतदान गर्न मतदाताहरुलाई अनुरोध गर्नुभएको थियो ।

यस क्षेत्रका उमेद्वारहरुले भोली शुक्रवार घोराही उपमहानगरपालिकाको वडा नम्बर ११ र १२ मा चुनावी प्रचार कार्यक्रम हुने प्रचारप्रसार समितिका संयोजक भुपबहादुर डाँगीले जानकारी दिनुभयो ।

सांस्कृतिक उपसमिति विस्तार
दाङ निर्वाचन क्षेत्र नम्बर २ मा गठन गरिएको सांस्कृतिक उपसमितिको विस्तार गरिएको छ । नेपाल सांस्कृतिक संघको आज घोराहीमा बसेको बैठकले उपसमिति विस्तार गरेको हो ।

बैठकले जिल्ला सचिव राजेन्द्र दाहाल संयोजक रहेको सांस्कृतिक उपसमिति विस्तार गरेको छ । जसको सदस्यहरुमा प्रेम शर्मा, लक्ष्मीमान चौधरी, शिव श्रेष्ठ, रामसिंह बिक, बलदेव मल्ल रहनुभएको छ ।

यसैबीच नेपाली कांग्रेस साविक त्रिपुरको वडा नम्बर १२ मा प्रचारप्रसार समिति गठन गरिएको छ । ईकाई सभापति नोखीराम केसी संयोजक रहेको प्रचारप्रसार समिति गठन गरिएको छ । साथै वडा तथा गाँउ टोलमा पनि प्रचार समिति गठन गरिएको ईकाई समितिले बताएको छ ।

दाङ क्षेत्र नम्बर १ मा कांग्रेसको प्रचार तीव्र

नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले चुनावी प्रचारलाई तीव्र पारेको छ । वुधवार राजपुर, धर्ना र वेलामा अगुवा कार्यकर्ता भेटघाटसँगै प्रचारप्रसार गरेको यस क्षेत्रका उमेद्वारहरु प्रतिनीधिसभा उम्मेदवार सुशीला चौधरी र प्रदेश सभा क का उम्मेदवार जानकीलाल बस्नेत लगायत पार्टीका नेताहरुले आज विहीवार सिमलतारा, रामपुर, लक्ष्मीपुर, बालापुरका मतदाताहरुसँग भेटघाट गरेका छन् ।

घोराही उपमहानगरपालिका २ बालापुरमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने नेताहरुले जिल्लाको आर्थिक समृद्धिका लागि काग्रेसको विकल्प नभएको बताएका थिए । काग्रेसले राजनीतिक परिवर्तनसँगै दाङको विकास लागि नेपाली काग्रेसले सडक, शिक्षा, स्वास्थ्य, विद्युत्लगायतका विकास योजनाहरु कांग्रेसले नै ल्याएको भन्दै मतदाताहरुलाई काग्रेसको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।

उनीहरुले दाङलाई प्रादेशीक राजधानी बनाउनकालागि कांग्रेसले पहिलो ऐजेण्डाको रुपमा लिएको बताउनुभयो ।

साविक रामपुर गाविसका ईकाई सभापति रेवतीरमण शर्माको अध्यक्ष तथा नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा समानुपातिक उम्मेदवार पार्वती डिसी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै नेपाली काग्रेस क्षेत्र नम्वर १ प्रतिनिधिसभा उम्मेदवार सुशीला चौधरीले क्षेत्र नम्बर एकका जनताको आर्थिक समृद्धिकालागि आफुले विशेष योजना ल्याउने बताउनुभयो ।

अघिल्लो निर्वाचनमा आँफू यसै क्षेत्रबाट निर्वाचित भएर संविधान निर्माणसँगै यस क्षेत्रको विकासमा सक्यो सहयोग गरेको भन्दै उम्मेदवार चौधरीले अहिले निर्वाचनमा जिते आफ्नो ध्यान जनताको आर्थिक समृद्धिसँगै भौगोलिक विकासमा केन्द्रीय हुने बताउनुभयो ।

यस क्षेत्रमा अझै पनि सडक, शिक्षा, स्वास्थ्य लगायतका विकास पूर्वाधारहरु आवश्यक रहेको भन्दै चौधरीले जनताका समस्याहरुलाई योजनावद्ध रुपमा अघि बढाउने चौधरीले बताउनुभयो ।

कार्यक्रममा क्षेत्र नम्वर १ (२) प्रदेशसभाका उम्मेदवार उम्मेदवार जानकीलाल बस्नेतले दाङका प्रादेशिक राजधानीसँगै क्षेत्र नम्वर १ को भौतिक विकासमा आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनुभयो ।

नेपाली काग्रेसकै पहलमा जिल्लामा धेरै विकास निर्माण भएको स्मणर प्रदेश उम्मेदवार बस्नेतले आफुले जिते विकास निर्माण नै प्राथमिकतामा पर्ने उहाँको भनाई थियो ।

आफुलाई कम्युनिष्टहरुले जस्तो चिल्ला कुरा गरेर ढाट्न नआउने भन्दै बस्नेतले आफुले चुनाव जिते बबई खोलाहरुमा पुल, सडक पिच, कृषिको विकास लागि सिचाईको व्यवस्था गरिदिने भन्दै मतदाताहरुलाई कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो ।

त्यस्तै कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले अहिलेको निर्वाचन लोकतन्त्रवादी र कम्युनिष्टहरुका विचमा भएकाले चुनावमा लोकतन्त्रवादीहरुलाई मतदान गरि बिजयी गराउन आग्रह गर्नुभयो ।

कार्यक्रममा पूर्व सांसद कृष्णकिशोर घिमिरे, पूर्व सांसद अनिता देवकोटा, क्षेत्र नम्वर २ (१) का प्रदेशसभा उम्मेदवार कमलकिशोर घिमिरे, नेपाली काग्रेस क्षेत्र नम्वर ३ का सभापति भूपबहादुर डागी, नेपाली क्षेत्र न १ का सभापति भेषराज पाण्डे, जिल्ला सदस्य गोबिन्द रेग्मीलगायतले जनतालाई नेपाली काग्रेसलाई मतदान गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा स्थानीयवासीहरुले आफ्नो ठाउँ सदरमुकाम घोराही नजिकै रहेपनि बिकासका योजनाहरु नपर्दा रामपुरका बिकट बस्तीलाई बन्न पुगेका, नेताहरुले वेवास्ता गर्दा स्थानीय चुनावमा काग्रेसकाले हार्न पुगेको भन्दै नेताहरुलाई आपसी मतभेद त्यागेर निर्वाचन लाग्न आग्रह गरेका थिए । भोली शुक्रवार पनि क्षेत्र नम्बर १ को प्रचार अभियान रामपुर क्षेत्रमा हुने प्रचार समितिले बताएको छ ।

कांग्रेसलेमात्र विकास गर्छः गिरी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले कांग्रेसले मात्र विकास र समृद्धि ल्याउन सक्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस तुल्सीपुर उपमहानगरपालिका वडा नम्वर ६ ईकाइ समितिले आयोजना गरेको चुनावी कोण सभालाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका गिरीले विकास र समृद्धिको पर्यायवाची पार्टि कांग्रेस भएको बताउनुभयो । नेपाल र नेपालीका लागी सधै लागीपर्ने पार्टि कांग्रेस भएकाले कांग्रेसको पक्षमा मतदान गर्न गिरीले अनुरोध गर्नुभएको छ ।

निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार गिरीले दांङलाई प्रादेशीक राजधानी बनाउन कांग्रेसले माध्यम तयार गरिरहेको बताउनुभयो । ‘प्रादेशीक राजधानीका साथै समृद्ध दांगका लागी सिंचाई, सडक लगायत समग्र विकासका लागी नेपाली कांग्रेसको विकल्प छैन ।’ उहाँले भन्नुभयो ।

कार्यक्रममा श्रम तथा रोजगार राज्य मन्त्रि डिल्लीबहादुर चौधरीले विकास र गरिबी निवारणका लागी नेपाली कांग्रेसलाई मतदान गर्न अपिल गर्नुभयो । क्षेत्र नम्बर ३ को १ नम्वरका प्रदेश सभा सदस्यका उम्मेदवार चौधरीले खोलानाला, पुल पुलेसा भत्काउने पार्टि होईन बनाउने पार्टिलाई मतदान गरे मात्र दांङले विकासमा फड्को मार्ने दाबी गर्नुभयो ।

कांग्रेसलाई भोट हाले जनताको शिर कहिल्यै पनि झुक्न नदिने प्रतिवद्धता व्यक्त गर्दै उहाँले विकासप्रेमी र व्यक्ती चिनेर मतदान गर्न मतदाताहरुमा आह्वान गर्नुभयो ।

कार्यक्रमलाई सम्वोधन गर्दै पुर्व सांसद गेहेन्द्र गिरी, कांग्रेस दांगका सभापति कृति वहादुर खड्का, समानुपातिक सांसदका उम्मेदवार महादेव शाह लगायतले नेपाली कांग्रेस पुर्ण रुपमा एक ढिक्का भईसकेकाले अब दाङमा कुनै पनि कम्युनिष्ट शक्तिले प्रतिस्पर्धा गर्न नसक्ने दाबी गर्नुभएको थियो । त्यस अवसरमा विभिन्न पार्टि परित्याग गरि झण्डै २ दर्जन व्यक्तीहरु नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

क्षेत्र नम्बर ३ को २ नम्वरका प्रदेश सभा सदस्यका उम्मेदवार बुद्धिराम भण्डारीले पनि अगुवा कार्यकर्ता भेटघाटमा व्यस्त रहनुभएको छ । आफ्नो क्षेत्रका विभिन्न स्थानमा भएका कार्यक्रममा बोल्दै भण्डारीले कांग्रेसको नेतृत्वमा संविधान जारी भएकाले त्यसको कार्यान्वयनकालागि कांग्रेसकै नेतृत्व आवश्यक भएको बताउनुभयो ।

लोकतन्त्रको रक्षादेखी संविधान कार्यान्वयन अहिलेको आवश्यकता भएको हुदाँ कांग्रेसको पक्षमा मतदान गरेर विजयी बनाउन उहाँले मतदाताहरुलाई अनुरोध पनि गर्नुभएको छ । भण्डारीले जिल्लाको पश्चिम क्षेत्र सधै विकासबाट वञ्चीत भईरहेकाले यस क्षेत्रको विकास अब कांग्रेसले गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*