काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सक तथा प्राविधिकहरुलाई सरकार पनि सँगै रहेको भन्दै आश्वासन दिएका छन् ।
“हाल मौज्दात सामग्रीको अधिकाधिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल होऔँ,” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् भनेका छन्, “तपाईँहरुकै सिफारिसका थप सामग्रीहरु उपलब्ध हुँदैछन्, धैर्य गरौँ । कोभिड–१९ मानवीय संकटको एकजुट भएर सामना गरौँ । सरकार तपाईँहरुसँगै छ, चिन्तित नहोऔं ।”