Home / Feature Breaking news / पाण्डवेश्वर मन्दिर परिसरमा सरसफाई (तस्वीरहरु)

पाण्डवेश्वर मन्दिर परिसरमा सरसफाई (तस्वीरहरु)

घोराही, २४ साउन
घोराही उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको पाण्डवेश्वर मन्दिर धर्ना धारापानी परिसरमा सरसफाई गरिएको छ । ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तरगत मन्दिर परिसर सरसफाई गरिएको हो ।

1

मन्दिर व्यवस्थापन समिति, जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय घोराही, सामुदायिक प्रहरी सेवा केन्द्र, धारापानी टो विकास संस्था र डोलगाँउ टोल विकास संस्थाको सहभागीतामा सरसफाई गरिएको हो ।

मन्दिर त्यस अवसरमा मन्दिर परिसरमा रोपीएका बर पीपल लगायत विरुवाहरु गोडमेल पनि गरिएको थियो । २५ जना प्रहरी र ७० जना स्थानीयबासीहरुको सहभागीतामा सरसफाई गरिएको हो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत पर्यटकीय तथा धार्मीक स्थलहरु सरसफाई गर्ने गरेको र सोही कार्यक्रम अनुसार शनिवार पाण्डवेश्वर मन्दिर परिसरमा सरसफाई गरिएको वडा प्रहरी कार्यालय घोराहीका प्रहरी निरिक्षक दिनेश रिमालले जानकारी दिनुभयो । कार्यक्रम अन्तरगत साउन ३ गते पाण्डवेश्वर मन्दिर परिसरमा बृक्षारोपण गरिएको थियो ।

तस्वीरहरु

00

2

4

5

7

6

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*