दाङ,१९ माघ । दाङमा आगलागी हुँदा तीन लाख बराबरको क्षति भएको छ । दाङको राप्ती राप्ति गाउँपालिका वडा नं। १ पाखापानी निवासी कासीराम कुमालको घरमा गएराति ९ बजेतिर आगालागी हुँदा उक्त क्षेति भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार खरले छाएको घरको भान्साकोठामा बालेको आगोवाट अचानक आगलागी भएको हो ।
आगलागी हुँदा घरम रहेका १० र १२ वटा कुखुरा, अन्नपात, लत्ताकपडा, जिन्सी सामानजलेको प्रहरीले बताएको छ । समयमै आगलागी भएको थाहा पाएकाले मानबीयलगायत अन्य थप क्षति हुन पाएन् ।