दाङ,१९ माघ । दाङ प्रहरीले २ भरुवा बन्दुकसहित ३ जनालाई पक्राउ गरेको छ । सामुदायिक वनमा सिकार गर्ने उद्देश्यले जाँदै गरेका तीन जनालाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले शान्तिनगर गाउपालिका वडा नं. १ बागखोरवाट २ थान भरुवा बन्दुकसहित शान्तिनगर गाउपालिका वडा नं. १ बस्ने ४३ बर्षिय ताराप्रसाद राना, त्रिवेणी गाउपालिका–१ सल्यान निवासी २९ बर्षीय दिपक खत्री र सोही ठाउँ निवासी १६ बर्षीय तिलक वलीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी रामप्रसाद घर्तिमगरले जानकारी दिएका छन ।
पक्राउ परेका व्यक्तिहरुलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ६ को दफा १२९ बमोजिम (हातहतियार तथा खरखजाना) कसूरमा मुद्धा दर्ता गरेर आवश्यक प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।