Home / Feature Breaking news / घोराही–४ मा ५ हजार लिटर अबैध मदिरा नष्ट

घोराही–४ मा ५ हजार लिटर अबैध मदिरा नष्ट

दाङ, २ जेठ । घोराही उपमहानगरपालिका वडा नम्बर ४ मा अबैध मदिरा नष्ट गर्ने अभियान सञ्चालन गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जनप्रतिनिधी, टोल विकास संस्था र प्रहरीको संयुक्त टोलीले वडा नम्बर ४ मा अबैध मदिरा नष्ट गर्ने अभियान सञ्चालन गरेको हो ।

टोलीले अहिलेसम्म करिब ५ हजार लिटर अबैध मदिरा जफत गरेर नष्ट गरेको वडा अध्यक्ष भिमबहादुर सार्कीले जानकारी दिए । अबैध मदिरा उत्पादनले घरेलु हिंसा, समाजमा झै झगडा, स्वास्थ्यलाई असर र आर्थिक नोक्सानी हुने भन्दै त्यसलाई नियन्त्रण गर्न थालिएको अध्यक्ष सार्कीको भनाई छ ।

वडाका बसन्तपुर, बाह्रहाङे, उपल्लो भकारे, तल्लो भकारे, ढुंगेडाँडा, फल्ले डाँडा, माझ गाउँ, सुनपुर, राजधानी टोल, पारखेत, शान्तिनगर लगाएत टोलका गाउँमा अबधैरुपमा उत्पादन गर्दै आएको मदिरा नष्ट गरिएको छ ।
विहिवार मात्रै करिब ११ लिटर मदिरा नष्ट गरिएको छ । झैझगडा, बिबाद, कुटपिट, घरेलु हिंसाका जड नै मदिरा भएको भन्दै यसलाई नियन्त्रण गर्न थालिएको प्रहरी चौकी गोग्लीका प्रहरी सहायक निरिक्षक विष्णुबहादुर वुढाथोकीले जानकारी दिए ।

स्थानियहरुले मदिरा उत्पादन गर्न बिषाक्त बस्तुहरुको प्रयोग गर्ने गरेको पाईएको छ । विभिन्न अन्न सहित पिसाव, प्याड, जुत्ता, चप्पल र मोजा जस्ता बस्तुहरुको मदिरा उत्पादनमा प्रयोग भएको प्रहरी सहायक निरिक्षक बुढाथोकीले जानकारी दिए । पटक पटक अबैध मदिराहरु उत्पादन नगर्न आग्रह गर्दा अटेरी गरेपछि संयुक्त टोली बनाएर जफत र नष्ट गर्ने अभियान थालिएको उनको भनाई छ । साथै मदिरा उत्पादनमा प्रयोग भएका भाँडाहरु समेत प्रहरीले जफत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*