Home / Election / नयाँ शक्तिका दुई उम्मेदवार कांग्रेसमा प्रवेश

नयाँ शक्तिका दुई उम्मेदवार कांग्रेसमा प्रवेश

नयाँ शक्ति नेपालको तर्फबाट  प्रदेशसभाको उम्मेदवारी दिएका दुईजना उम्मेदवार नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

दाङको निर्वाचन क्षेत्र नं. ३ (२)मा नयाँ शक्ति नेपालको तर्फबाट  प्रदेशसभाको उम्मेदवार रहेका रुद्रबहादुर केसी शुक्रबार नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका हुन्।

उनी नयाँ शक्ति नेपालका जिल्ला सचिवालय सदस्य थिए। केसीसहित नयाँ शक्ति पार्टी नेपालको सम्पूर्ण क्षेत्रीय कमिटी नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेको जानकारी दिइएको छ। नेपाली कांग्रेसका ३ (२) का प्रदेशसभा उम्मेदवार बुद्धिराम भण्डारीलाई विजयी गराउन आफू नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेको नव प्रवेसी केसीले बताएका छन्।

नव प्रवेशी केसीलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार दीपक गिरी, श्रम तथा रोजगार राज्य मन्त्री तथा ३ (१)का प्रदेशसभाका उम्मेदवार डिल्लीबहादुर चौधरी, जिल्ला पार्टी सभापति कीर्तिबहादुर खड्का लगायतका नेताले अबिर र माला लगाएर पार्टीमा भित्र्याएका थिए।

यसअघि मंसिर १२ गते  नयाँ शक्ति पार्टीका जिल्ला संयोजक तथा निर्वाचन क्षेत्र नं. ३ (१)का उम्मेदवार नेत्रलाल भट्टराई (नारायण) पनि कांग्रेसमा पार्टी प्रवेश गरेका थिए। भट्टराईले कांग्रेस नेता एवं श्रम तथा रोजगार राज्य मन्त्री डिल्लीबहादुर चौधरी जस्तो विकास प्रेमी नेतालाई विजयी बनाउनका लागि आफूले कांग्रेसमा पार्टी प्रवेश गराएको बताएका थिए।

यसैबीच, राप्रपा क्षेत्र नं. ५ का क्षेत्रीय सभापति प्रमोद बस्नेत पनि नेपाली कांग्रेस पार्टीमा पार्टी प्रवेश गरेका छन्। बस्नेत गत संविधानसभाको निर्वाचनमा क्षेत्र नं. ५ बाट प्रत्यक्ष रूपमा चुनावमा भिडेका नेता हुन् ।

सेतोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*