Home / समाचार / सञ्जाल विस्तारमा परियार सेवा समाज

सञ्जाल विस्तारमा परियार सेवा समाज

घोराही, २५ भदौ
परियार समुदायको हकहितका सवालमा भुमिका खेल्न निर्माण भएको नेपाल परियार सेवा समाजले आफ्नो सञ्जाल विस्तारलाई बढावा दिएको छ । जिल्ला समिति पश्चात क्षेत्र स्तरमा समेत समाजको शाखा बिस्तार भैरहेका छन् ।

यसैक्रममा समाजले दाङ क्षेत्र नम्बर २ मा क्षेत्रीय समिति बिस्तार गरेको जिल्ला अध्यक्ष केशव नेपालीले जानकारी दिएका छन् । शनिवार भएको क्षेत्रीय अधिवेशनले क्षेत्रीय समिति निर्माण गरेको हो । क्षेत्रीय समितिमा महिलालाई नेतृत्व दिईएको छ । अधिवेशनले लिला नेपालीलाई अध्यक्षमा चयन गरेको छ । यस्तै उपाध्यक्षमा रमेश नेपाली, सचिवमा जयभोला परियार,सहसविचमा शिला परियार,कोषाध्यक्षमा बिक्कल परियार चयन भएका छन् ।

यस्तै सदस्यहरुमा दीपक परियार,रामप्रसाद परियार,लोकवहादुर परियार,शिबराज परियार कौशीला परियार र भगवती नेपाली चयन भएका छन् । यस्तै समाजको जिल्ला समितिले देउमन परियारलाई सल्लाहकारमा चयन गरेको छ ।

समाजका जिल्ला अध्यक्ष केशव नेपालीको अध्यक्षता तथा दलीत नेता पदमराज नेपालीको प्रमुख आतिथ्य एवं दलीत संघ क्षेत्र नम्बर ३ का पूर्व सभापति प्रकाश नेपाली,कपडा सिलाईसंघका जिल्ला अध्यक्ष चुर्ण नेपाली र परियार सेवा समाजका सल्लाहकार कमल नेपालीको विशिष्ट आतिथ्यमा क्षेत्रीय अधिवेशन भएको थियो । कार्यक्रममा देउमन नेपाली,बुद्धिराम परियार,पदम परियार लगाएतले धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*