Home / Feature Breaking news / प्रेस युनियनद्धारा जनप्रतिनीधीहरुलाई स्वागत सम्मान

प्रेस युनियनद्धारा जनप्रतिनीधीहरुलाई स्वागत सम्मान

दाङ,२५ माघ ।

नेपाल प्रेस युनियन दाङले नवनिर्वाचित जनप्रतिनिधि एव प्रेस युनियनसँग आवद्ध विभिन्न व्यक्तिहरुलाई स्वागत सम्मान गरेको छ । प्रेस युनियन दाङले विहिवार घोराहीमा कार्यक्रमको आयोजना गरि राष्ट्रियसभा सदस्यमा निर्वाचित सदस्य अनिता देवकोटा,प्रदेशसभा सदस्य अर्जुनकुमार श्रेष्ठ,डव्लु.डव्लु.जे.का पाँच नं.प्रदेश संयोजक लिला शाह,गरिवसँग विश्वेश्वर कार्यक्रमका जिल्ला संयोजक सुदिप गौतम,स्थानीय तह अन्तर्गत तुलसीपुर वडा नं.५ र ११ को वडा सदस्यहरुमा निर्वाचित सुरेश श्रेष्ठ,सुवास डिसी र नागरिक दैनिकमा पदउन्नीत भएकोमा पत्रकार देवेन्द्र बस्नेतलाई खादा तथा अविर टिकाले स्वागत तथा सम्मान गरिएको थियो ।

IMG_8172

प्रेस युनियन दाङका अध्यक्ष सुशिल बस्नेतको अध्यक्ष तथा उपाध्यक्ष बसुन्धरा गौतमको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले निर्वाचित जनप्रतिनिधि तथा अन्यबक्ताहरुलाई बधाइृसँगै जनअपेक्षा अनुसारकाम गर्न आग्रह गरेका थिए । उक्त कार्यक्रममा बोल्दै राष्ट्रियसभा सदस्य अनिता देवकोटाले नेपाली काग्रेसको नेतृत्वमा राष्ट्रियसभाको निर्वाचनसँगै देश आर्थिक समृद्धितर्फ अघि बढेको बताएकी छिन। बामगठबन्धनको सरकारले गर्ने सकारात्मक कार्यहरुको रचनात्मक सहयोगका साथै काग्रेसले राष्ट्रियहित वितपरिका निर्णयहरुमा खवरदारी गर्ने बताएकी थिईन । प्रेस युनियनको भवन निर्माणका लागि आफुले विगतमा पनि सहयोग गरेको भन्दै उनले आगामी दिनमा समेत सक्ने सहयोग गर्न तयार रहेको बताएकी थिईन ।

IMG_8147

त्यस्तै कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य अर्जुनकुमार श्रेष्ठले दाङलाई स्थायी प्रादेशिक राजधानी बनाउन आफुले पहल गरिरहेको बताएका छन । ५ नं. प्रदेशका सवै जिल्लालाई पायक र राजधानी स्थापना गर्दा भौगोलिक सुगमता,प्रशासनिक सहजता,सुरक्षाका दृष्टिले समेत उपयुक्त रहेको उनको भनाई रहेको थियो । त्यस्तै कार्यक्रममा बोल्दै प्रेस युनियन दाङका सल्लाहकार तथा गरिवसँग विश्वेश्वर कार्यक्रमका जिल्ला संयोजक सुदिप गौतमले नवनिवाचित जनप्रतिधिहरुलाई जनताको चाहना अनुरुपको काम गर्न आग्रह गरेका थिए । त्यस्तै बक्ताहरुले युनियनकी सदस्य पावर्ती बस्नेतका श्रीमान हत्याको सत्यतथ्य छानविनका लागि पहल गर्न समेत नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गरेका थिए ।

प्रेस युनियन दाङका उपाध्यक्ष बसुन्धरा गौतमको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रममा प्रेस युनियनका केन्द्रीय सदस्य केपी घिमिरे,सुलोचना गौतम,सुरेश श्रेष्ठ,डव्लु.डव्लु.जेका पाँच नं. प्रदेश संयोजक लिला शाह,तुलसीपुर उपमहानगरपालिका वडा नं. ११का वडा सदस्य सुवास डिसीलगायतले बोलेका थिए ।कार्यक्रमको सञ्चालन प्रेस युनियनका जिल्ला सचिव देवेन्द्र बस्नेतले गरेको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*