घोराही, १८ असोज
नेपाली कांग्रेसले नेपालीहरुको महान् पर्व विजयादशमी २०७४ को अवसरमा भोली विहीवार कोजाग्रत पूर्णीमाको दिन घोराहीमा दशै मिलन कार्यक्रम हुने भएको छ ।
वि.सं. २०३३ सालमा प्रवासबाट स्वदेश फर्केपछि जनगायक विपी कोईरालाले सुरु गर्नुभएको परम्परालाई निरन्तरता दिदै कोजाग्रत पूर्णीमाको दिन केन्द्रमा हुने शुभकामना आदानप्रदान कार्यक्रम यसवर्ष प्रादेशीक निर्वाचन क्षेत्रमा कार्यक्रम गर्ने केन्द्रिय समितिको निर्णय अनुसार घोराहीमा कार्यक्रम हुने भएको हो ।
साविक क्षेत्र नम्बर २ र ३ को आयोजनामा कार्यक्रम हुन लागेको हो । साविक क्षेत्र नम्बर २ का सभापति गिरिराज सुवेदी र साविक क्षेत्र नम्बर ३ का सचिव बद्रिकुमार खड्काले आज वुधवार संयुक्त विज्ञप्ती निकालेर मध्याह्न साढे १२ बजेदेखी सुरु हुने ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा सहभागी हुनकालागि सम्पूर्ण महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी, केन्द्रिय पदाधिकारी, जिल्ला समिति, क्षेत्रीय समिति, भातृ संघसंगठन, सुवेच्छुक संघसंस्था, समाजसेवी, शिक्षाप्रेमी, मानवअधिकारकर्मी, पत्रकार एवं सम्पूर्णमा अनुरोध गर्नुभएको छ ।
RaptiSandesh RaptiSandesh