Home / Feature Breaking news / न्याय नपाएकाे भन्दै राष्ट्रपति कार्यालयअगाडि आत्मदाहको प्रयास

न्याय नपाएकाे भन्दै राष्ट्रपति कार्यालयअगाडि आत्मदाहको प्रयास

बलात्कार आरोपीलाई सजाएको माग गर्दै एक सातादेखि आमरण अनशन बस्दै आएकी निहारिका राजपुतले आज आत्मदाहको प्रयास गरेकी छिन् । राष्ट्रपति कार्यालय शीतलनिवासअगाडि उनले आत्मदाहको प्रयास गरेकी हुन् ।
उनी एक सातादेखि वसन्तपुरमा अनशन बस्दै आएकी थिइन् । प्रहरी परिसर काठमाडौंका डिएसपी अंकुर जिसीका अनुसार प्रहरीको सक्रियतामा उनलाई आत्मदाहबाट बचाइएको हो । राष्ट्रपति निवासअगाडि आइपुगेपछि उनले शरीरमा पेट्रोल छर्किएर आफैँलाई आगो लगाउने प्रयास गरेकी थिइन् ।
त्यसलगत्तै नजिकै रहेका प्रहरीले उनलाई नियन्त्रणमा लिएका थिए । प्रहरीले तत्कालै उनलाई शिक्षण अस्पताल महाराजगन्ज पुर्याएको थियो । आफू १७ वर्षको हुँदा जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेको भन्दै उनले लगातार न्यायिक आन्दोलन गर्दै आएकी छिन् । उनले आफ्नो दुई वर्षका छोरा शिवराज श्रेष्ठकै भएको भन्दै डिएनए टेस्टको माग गर्दै आएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*