दाङ, १३ भदाै
चेम्बर अफ कमर्श घोराहीले राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठानमा रहेका सुत्केरी, तथा अन्य विरामीहरु लाइ फलफुल तथा हर्लिक्स, बिस्कुट वितरण गरेको छ ।
आफनो स्थापना दिवसको अवसरमा चेम्वरको पदाधिकारी सहितको टोलीले विरामी तथा सुत्केरीहरु लाइ फलफुल तथा हर्लिक्स वितरण गरिएको घोराही चेम्वर अफ कमर्शका अध्यक्ष मञ्जु बज्राचार्यले जानकारी दिइन ।
धेरैले वृद्धाआश्रममा वितरण गर्ने गरेको तर विरामीहरुलाई वितरण नगर्ने भएकाले आफुहरुले विरामीहरुलाई सहयोग गरेको बताइन् । यसका लागि केशव नेपाली र मुकेश डि.सीले सहयोग गरेका थिए ।