Home / Feature Breaking news / प्रदेश लिगमा बाँकेको धम्बोजी क्लव च्याम्पियनशिप

प्रदेश लिगमा बाँकेको धम्बोजी क्लव च्याम्पियनशिप

दाङ,१२ भदौ । । दाङको बेलझुण्डी रंगशालामा भदौ ५ गतेबाट भई रहको प्रदेश नम्बर ५ मुख्यमन्त्री कप प्रदेश स्तरीय लिगको अन्तिम दिन आज भएको खेलमा बाँके विजयी हुँदै लिग च्याम्पियन बनेको छ ।

मोफसलमा पहिलो पटक भइरहेको लिगमा बाँकेले स्थानीय आयोजकसमेत रहेको दाङलाई ३—२ गोल अन्तरले पराजित गरेसँगै मुख्यमन्त्री कप प्रदेश स्तरीय लिगको च्याम्पियन बनेको हो । बाँकेलाई जित दिलाउन रवि जिएम र यमबहादुर बुढाथोकीले एक एक गोल गरे । थप एक गोल दाङले आत्मघाती गरेको थियो । यस्तै दाङका तर्फबाट गणेश नेपालीले २ गोल गरे ।

जारी लिगमा बाँके अपराजित रहँदै लिगको शीर्ष स्थानमा रहे पछि लिग च्याम्पियन बनेको हो । रुपन्देही दोश्रो भएको छ । हिजो बेलुकी वर्षाले प्रभावित बनेको खेल आज बिहान सुचारु गरिएकोमा रुपन्देहीले रोल्पालाई ६—१ गोल अन्तरले पराजित गर्दै लिगको दोश्रो बनेको छ । बाँकेले एक खेलमा बराबरी बाहेक ४ वटै खेल जितेको छ भने रुपन्देहीले १ मा हार चार वटै खेल जितेको हो । प्रतियोगिताको अन्तिम खेल आज अपरान्ह साढे ४ बजे नवलपरासी र बर्दिया बीच हुँदैछ ।

नेपाल फुटबल संघ एन्फाको आयोजना तथा दाङ जिल्ला फुटबल संघको संयोजनमा भइरहेको खेलमा प्रदेश ५ का ६ जिल्लाको सहभागिता रहेको लिग च्याम्पियन बाँकेले नगद २ लाखसहित मेडल प्राप्त गर्दा दोश्रो बनेको रुपन्देहीले नगद १ लाखमा चित्त बुझाएको छ । लिग विजेता, उपविजेता र सहभागी टीमका खेलाडी, प्रशिक्षकहरुलाई आजै एक समारोहका बीच पुरस्कृत गरिने भएको छ । पुरस्कार वितरण प्रदेश ५ का भौतिक पूर्वाधारमन्त्री तथा प्रवक्ता बैजनाथ चौधरीबाट हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*