Home / Feature Breaking news / तुलसीपुरमा व्यवस्थित भए ठेला

तुलसीपुरमा व्यवस्थित भए ठेला

तुलसीपुर,१० भदौ । तुलसीपुर उपमहानगरपालिकाले वजार र वसपार्क क्षेत्रमा रहेका अव्यवस्थित ठेलालाई व्यवस्थित गरेको छ । वजारमा जथाभावि रुपमा ठेला सञ्चालन हुँदा विभिन्न खालका दुर्घटना हुनुका साथै वजार पनि अव्यवस्थित भएको थियो । कार्यपालिका सदस्य दिपक कुमाल र अमर नेपाली माइकलको संयोजकत्वमा ठेला र अव्यवस्थित वजार व्यवस्थापन भएको हो ।

अव्यवस्थित रुपमा ठेलामा व्यापार गर्नेहरुलाई पनि असर नपर्ने गरी व्यवस्थापन गरिएको कार्यपालिका सदस्य माइकलले वताए । उनले अटो र टेक्सी समेत एकैपटक व्यवस्थित गरिएको वताए । “अव्यवस्थित रुपमा वजारमा कसैले पनि केही गर्न पाइदैन” उनले भने । माइकलका अनुसार पहिलो चरणमा पातुखोला पुल नजिक,नेपाल वायु सेवा निगमको जग्गा र आलुमण्डीनेर गरी ३ ठाउँमा जग्गा व्यवस्था गरेर सबैलाई व्यवस्थापन गरिएको हो ।

वजारलाई स्थायी रुपमा व्यवस्थित गर्नका लागि उपमहानगरपालिकाले उपयुक्त जग्गाको खोजि गरिरहेको पनि कार्यपालिका सदस्य दिपक कुमालले वताए । उनका अनुसार उपयुक्त जग्गाको खोजिसँगै स्थायीरुपमा वजारलाई व्यवस्थित गरिनेछ । “कसैले पनि मनोमानी ढँगले व्यापार गर्न पाउँदैन” उनले भने । तुलसीपुरलाई व्यवस्थित वजारका रुपमा विकास गर्नका लागि उपमहानगरपालिकाले रणनीति समेत वनाएको छ । उनले वजारमा अझै पनि कतिपय व्यापारीहरुले अटेर गरिरहेको भन्दै तत्काल त्यस्ता व्यापारीहरुलाई कानुन अनुसार कारवाही गरिने कुरामा समेत जोड दिए ।

नयाँ व्यवस्थापन अनुसार नेपाल वायुसेवा निगमको जग्गाका फलफुल वजार, आलुमण्डिमा तरकारी तथा अन्य वजार र पातुखोला पुल मास्तिर फलफुल,आलु, अटो व्यवस्थापन गरिएको हो । “अव सडकमा कसैले पनि अटो रोक्न पाउँदैन तोकेको ठाउँबाट नै अटो सञ्चालन गर्नुपर्नेछ” माइकलले भने । उनले वजार व्यवस्थापन गर्नु सबैको दायित्व भएको भन्दै त्यसलाई कार्यान्वयन तहमा लैजान सहयोग गर्नुपर्ने वताए ।

उपमहानगरपालिकाले व्यवस्थान गरेसँगै ठेला र सडक व्यापारीहरु हर्षित भएका छन् । व्यवस्थित नहुँदा सधै जरिवाना तिरिरहनुपर्ने वाध्यता भएको भन्दै उनीहरुले यस्तो खुसी व्यक्त गरेका हुन् । “अव निश्चित रकम तिरेर व्यापार गर्न पाइने भयो” फलफुल व्यापारी चन्द्रा विकले भनिन् । उनीजस्तै कर्णविर केसी पनि व्यवस्थित रुपमा व्यापार गर्न पाउँदा निकै खुसी छन् । “कसैले पनि अव केही गर्न पाउँदैन वल्ल राम्रोसँग व्यापार हुने भो” उनले भने । सुरुमा खोलामा व्यापार हुदैन की भन्ने सोचमा रहेका व्यापारीहरु सबैलाई त्यही लैजाने भनेपछि खुसी भएका हुन् ।

कार्यपाालिका सदस्य माइकलले अव सबै व्यापारीहरुको व्यवसाय दर्ता गरेर मासिक रुपमा उनीहरुबाट भाडा उठाइने वताए । “व्यापारीहरुलाई अफ्ठेरो नपर्ने गरी वढिमा ५ सय सम्म भाडा लिने योजना वनाएका छौ” उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*