घोराही, २१ बैशाख ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) दाङ आउनुहुने भएको छ । घोराहीमा हुने आमसभालाई सम्बोधन गर्नकालागी प्रचण्ड दाङ आउनुहुने भएको हो ।
यही बैशाख २४ गते घोराहीमा हुने गठबन्धनको विशाल सभालाई सम्बोधन गर्नकालागी पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पचण्ड दाङ आउन लागेको नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य निर्मल आचार्यले जानकारी दिनुभयो ।
बैशाख २४ गते शनिवार हुने घोराहीमा हुने सभाको व्यवस्थापन घोराही उपमहानगरपालिका स्तरिय नेपाली कांग्रेस र नेकप माओवादी केन्द्र नगर समितिले गर्ने छन् । कार्यक्रममा घोराही उपमहानगरपालिकाका १९ औँ वटै वडाबाट उल्लेख्य सहभागिता हुने छ ।
RaptiSandesh RaptiSandesh