गिरिराज नेपाली
घोराही, २१ बैशाख ।
दाङका दश स्थानीय तहमध्ये घोराहीमा तीन दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय मोर्चा संयुक्त गठबन्धनका माध्यम चुनावी मैदानमा होमिएका छन् ।
केन्द्रको सहमतिलाई भत्काउदै एकिकृत समाजवादीले घोराहीमा गठबन्धन भंग गरेको छ । गठबन्धन दलहरुले घोराहीमा नेकपामाओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा पोख्रेललाई मेयरमा र नेपाली काँग्रेसका महासमिति सदस्य नेता भुपबहादुर डाँगीलाई अघि सारेको छ ।
१९ वटा वडामध्ये ५ वटा वडा नेकपा माओवादी केन्द्र र १४ नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्ष चुनावी मैदानमा छन् ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिकामा पनि गठबन्धनमा माध्यमबाट चुनावी मैदानमा उत्रिएको छन् । नेपाली काँग्रेसका गठबन्धनका साझा मेयरका अघि सारिएको छ भने उपमेयरमा एकिकृत समाजवादीका जोगबहादृर राणा रहनुभएको छ ।
उपमहानगरपालिकाको १९ वटा वडामध्ये नेकपा एकिकृत समाजवादीले २, नेकपा माओवादी केन्द्र ५ र नेपाली काँग्रेस ११ वटा वडामा वडाध्यक्षको पाएका छन् । भने बंगलाचुली गाउँपालिकामा अध्यक्षमा नेकपा माओवादी केन्द्रका तुलसीराम पुन (सुवास) र उपाध्यक्षमा नेपाली काँग्रेसका भक्तबहादुर जिसी रहनु भएको छ ।
गाउँपालिकाको ८ वटा वडाध्यक्ष १ र ६ नेपाली काँग्रेस र ५ र ७ माओवादी केन्द्रले पाएको छ । अन्य ४ वडामा एक्लाएक्लै चुनाव प्रतिस्पर्धा चलेको छ । दुई उपहानगरपालिका र एक गाउँपालिकामा मात्रै होईन अन्य पालिकाहरुमा पनि कतै वडा तँ कतै अध्यक्ष÷उपाध्यक्ष कतै वडाध्यक्ष कतै सदस्य गठबन्धन भएका छन् । जसले दाङको चुनावी रौनकलाई अझ सरगर्मी थपेको छ ।
नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका सचिव विश्वराज आचार्यले भन्नुभयो–‘ गठबन्धन बलियो हुदा जनता अझ उत्साहित हुदै लागेका छन् । जसमा जनताको जनलहर दिनपिच्छे थप्दै आइरहेको छ । ’ गठबन्धनले नेता , कार्यकर्ता ,उम्मेद्वार र मतदाताहरु मा नयाँ उत्साह थपेको बताउनुभयो । त्यस्तै नेपाली काँग्रेसका जिल्ला सभापति शंकर डाँगीले गठबन्धनको आवश्यकता किन ? भन्ने प्रश्नको जवाफ जनता बुझिसकेकाले जनताको जनलहर गठबन्धनमा उर्लिएको उहाँको भनाई थियो ।
नाचगान सँगै घरदैलो
बैशाख ३० गतेको निर्वाचनलाई आफ्नो हातमा पार्न दलहरु चुनावीसभा मात्रै होईन अहिले भोट माग्न घरदैलोमा अभियानलाई तिव्रता दिदै आइरहेका छन् । कार्यकर्ता तथा उम्मेद्वारहरु मतदाताहरुको घरदैलोमा योजना र एजेण्डा मात्रै लिएर होईन नाँचगान गर्दै नाच्दै नचाउदै पुगिरहेका छन् । प्रत्येक वडा वडामा यस्तै घरदैलो चलिरहेको छ । गाउँ वस्ती वस्ती चुनावीमय भएका छन् ।