Home / Feature Breaking news / सवारी दुर्घटनामा परि दाङमा एक जनाकाे मृत्यु

सवारी दुर्घटनामा परि दाङमा एक जनाकाे मृत्यु

दाङ, १ जेठ
दाङमा पिकअप भ्यानले माेटरसाईकललाई ठक्कर दिदा माेटरसाईकल चालककाे निधन भएकाे छ । घाेराही तुलसीपुर सडकखण्डकाे नारायणपुर जलाैरा चाेकमा पिकखप भ्यानले माेटरसाईकल ठक्कर दिदा माेटरसाईकल चालककाे मृत्यु भएकाे प्रहरीले जानकारी दिएकाे छ ।
पर्सेनीबाट घाेराहीतर्फ आउदै गरेकाे रा ५ प ३६८८ नम्बरकाे माेटरसाईकललाई ना ३ च ५९४५ नम्बरकाे पीकअप भ्यानले विहीवार विहान साढे ४ बजे ठक्कर दिदा माेटरसाईकल चालक तुलसीपुर ७ का ३१ वर्षका विशाल थापाकाे मृत्यु भएकाे छ भने माेटरसाईकलमा सवमर साेही ठाँउका विशालका भाञ्जा १३ वर्षीय हक्की पुन गम्भीर घाईते भएका छन् ।

घाईते पुनकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेकाे छ ।
ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा रहेकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक प्रेम रेग्मीले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*