दाङ, १ जेठ
थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या २४३ पुगेको छ ।
स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयका अनुसार रुपन्देहीमा १२, कपिलवस्तुमा ८, पर्सामा ३ र नवलपरासीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण देखिएकाहरुमा रुपन्देहीका २२,२२,२५,२८,३०,३२,३२,३३ र ४१ वर्षका पुरुषहरु ४,१०,२८ वर्षीया महिला छन् । त्यसैगरी कपिलवस्तुका २२,२९,३२,४०,४०,४०,४२,४२ वर्षीय पुरुष, पर्सा निवासी ३६ र ७४ वर्षीय पुरुष,३६ वर्षीया महिला र नवलपरासीका ३६ वर्षिय पुरुष छन ।
![](https://raptisandesh.com/wp-content/uploads/2020/05/covid-19-test-corona-test-620x330.jpg)