Home / Feature Breaking news / घोराहीमा चैत्र ३ गतेदेखि कक्षा ८ को परिक्षा

घोराहीमा चैत्र ३ गतेदेखि कक्षा ८ को परिक्षा

घोराही, २९ फागुन । घोराही उपमहानगरपालिकाले कक्षा ८ को आधारभुत शिक्षा परिक्षा आगामी चैत्र ३ गतेदेखि सञ्चालन गर्ने भएको छ । परिक्षाको जानकारी र केन्द्राध्यक्षहरुलाई आज आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद शाखाले चैत्र ३ गतेदेखि सुरु हुने परिक्षा सञ्चालन गर्न ३१ वटा केन्द्र निर्धारण गरिएको जानकारी दिएको छ ।

सामुदायिक र निजी गरि ८३ विद्यालयका ४ हजार ८८ परिक्षार्थी परिक्षामा सहभागि हुने छन । परिक्षाको तयारीहरु अन्तिम चरणमा पुगेको शिक्षा,युवा तथा खेलकुद महाशाखा प्रमुख श्रीप्रसाद भटराईले जानकारी दिनुभयो । परिक्षालाई मर्यादित सँगै व्यवस्थित बनाउन केन्द्राध्यक्षहरुलाई दिएको जिम्मेवारी अनुसार आफुहरुले निगरानी गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले परिक्षालाई शान्त र अनुशासित बनाउन केन्द्राध्यक्ष सहित शाखालाई निर्देशन दिनुभयो । नगरको सामाजिक विकास समितिका संयोजक भरतमणि अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख चौधरीले विद्यार्थीहरुलाई उत्साहीत र परिक्षालाई मर्यादित बनाउन निर्देशन दिनुभयो ।

नगर उपप्रमुख सीता सिग्देल न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत सन्तबहादुर सुनारले परिक्षालाई व्यवस्थित बनाउन आबस्यक तयारीलाई चुस्त पार्न निर्देशन दिनुभयो । शाखा अधिकृत नारायण पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण विपना बर्तौलाले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*